मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महाधिबेशन प्रतिनिधीका लागि समाजसेवी नेता ठकुल्लाद्धारा उम्मेद्धवारी घोषणा

महाधिबेशन प्रतिनिधीका लागि समाजसेवी नेता ठकुल्लाद्धारा उम्मेद्धवारी घोषणा


अछाम । नेपाली कांग्रेस अछामका नेता भक्त बहादुर ठकुल्लाले महाधिबेशन प्रतिनिधीमा उम्मेद्धवारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्र्तगत क्षेत्र नं. १ बाट महाधिबेशन प्रतिनिधीमा नेता ठकुल्लाले उम्मेद्धवारी घोषणा गरेका हुन् ।

२०३८ सालमा नेविसंघको राजनितिबाट अघी बढेका नेता ठकुल्लाले नेपाल शिक्षक संघ अछामको सदस्य हुदै क्षेत्रिय संयोजक भएर समेत कम गरेको अनुभब छ।

नेपाली कांग्रेस अछामको जिल्ला सदस्य हुदैँ अछाम काठमाण्डौँ सम्पर्क समितीको सदस्इ भएर समेत नेता ठकुल्लाले पार्टीमा कम गरेका छन् । नेपाली कांग्रेसको सुबेच्छुक संस्था समन्वय बिभागको सुदूरपश्चिमबाट केन्द्रिय सदस्य समेत रहेका नेता ठकुल्ला यसपटक महाधिबेशन प्रतिनिधीका रुपमा अगाडी सरेका छन् ।

सामाजिक कार्यमा समेत सक्रि रहेका नेता ठकुल्लाले नेपाली कांग्रेसको संगठन निर्माण, कार्यकर्तालाई सक्रिय बनाउन र समग्र अछाम जिल्लामा कांग्रेसलाई बलियो बनाउनु भुमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

महाधिबेशन प्रतिनिधीमा आफुलाई सहयोग गर्न नेता ठकुल्लाले क्षेत्र नं. १ का कांग्रेसका प्रतिनिधीलाई अपिल समेत गरेका छन् । कांग्रेसका कार्यकर्ताको मनोभावनालाई आत्मासाथ गर्दै आगामी दिनमा अघि बढ्ने उनको भनाई छ ।