मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा नेकपा एस रोज्ने जनप्रतिनिधिको संख्या २७ पुग्यो

अछाममा नेकपा एस रोज्ने जनप्रतिनिधिको संख्या २७ पुग्यो


फाइल फोटो

अछाम : अछाम जिल्लाका २७ जना जनप्रतिनीधीले नेकपा एमाले टुक्रिएपछि बनेको माधव कुमार नेपाल नेतृत्व बनेको समाजवादी रोजेका छन ।

जिल्लाको प्रमुख ब्यापारिक केन्द्र रहेको साँफेबगर नगरपालिका प्रमुख कुल बहादुर कुवर, उपप्रमुख बिरमला देवि बुड्थापा, चौरपाटि गाउपालिका अध्यक्ष हर्क बहादुर साउद, वडा अध्यक्ष सहीत सदस्य गरि २७ जना जनप्रतिनीले नेकपा (एकीकृत समाजवादी पार्टी) रोजेका हुन ।

हिजोसम्म १३ जना जनप्रतिनीधीले सनाखत गरेको र आज अन्तिम दिन १४ जना जनप्रतिनीले नेकपा एस रोजेपछी २७ जना पुगेका जिल्ला निर्वाचन कार्यालय अछामका निमित्त निर्वाचन अधिकारी गजेन्द्र प्रकाश थारुले बताए ।

आज मात्रै नेकपा एमालेका जिल्ला कमिटी सदस्य, चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदले नेकपा एमाले पार्टी परित्याग गर्दै आज नेकपा (एकीकृत समाजवादी पार्टी) रोजेका छन् । नेकपा एमाले टुक्रिएपछि बनेको माधव कुमार नेपाल नेतृत्व बनेको समाजवादी रोजेका हुन् ।

निर्वाचन आयोगले दल रोज्न दिएको अन्तिम दिन आज अध्यक्ष साउद निर्वाचन कार्यलयमा पुगेर नेकपा(एकीकृत समाजवादी पार्टी) को पक्षमा सनाखत गरे । यस्तै चौरपाटी गाउँपालिका वडा नं ३ गगुडाका वडा अध्यक्ष सहित चार जना जनप्रतिनिधिले पनि आज निर्वाचन कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी पार्टी) को पक्षमा सनाखत गरे ।

वडा नं ३ गगुडाका वडा अध्यक्ष रामबहादुर साउद, वडा सदस्य तथा न्यायिक समिती सदस्य बिरेन्द्र साउद, नरबहादुर साउद, लालमति साउद लक्ष्मि टमट्टाले पनि समाजवादी पार्टी पक्षमा सनाखत गरे । मंगलसेन नगरपालिका वडा नम्बर १४ कालगाउका ३ जना वडा सदस्यले समेत निर्वाचन कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी पार्टी) को पक्षमा सनाखत गरेका छन ।

वडा सदस्य जयसिंग बोहरा, मथुरा रेग्मी र मिना तिरुवाले सनाखत गरेका हुन । भाद्र २० गते साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवर, उपप्रमुख बिर्मला देवि बुड्थापाले पनि निर्वाचन कार्यालयमा पुगेर नेकपा(एकीकृत समाजवादी पार्टी) को पक्षमा सनाखत गरेका थिए ।