मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरमा सर्बसम्मत नेतृत्व चयन गर्न कांग्रेसका शिर्ष नेताहरु एकमत

मंगलसेन नगरमा सर्बसम्मत नेतृत्व चयन गर्न कांग्रेसका शिर्ष नेताहरु एकमत


अछाम । नेपाली कांग्रेस अछाम जिल्लामा सहमती मै नेतृत्व चयन गर्ने संकेत सुरु भएको छ । यस अघि सम्पन्न भएका वडा अधिबेशनले सर्वसम्मत नै नेतृत्व चयन गरेपछि यसको संकेत देखिएको हो ।

१४ औँ महाधिबेशन अन्र्तगत भएका वडा अधिबेशनमा प्राय सबै वडा समिति र प्रतिनिधी सर्बसम्मत रुपमै चयन भएका छन् । यस्तै यसपछि हुने नगर तथा गाँउ अधिबेशनमा पनि जिल्लाका हरेक पालिकामा सहमतीको प्रयास भईरहेको छ ।

यसपटकको महाधिबेशन एकता र सहमतीको महाधिबेशन बनाउनु पर्छ भन्ने कांग्रेस अछामका शिर्ष तहका नेताहरुले धारणा व्यक्त गरिरहेका छन् । पार्टीका हरेक कार्यक्रमहरुमा सहमतीमै नेतृत्व चयनको कुरा बढी उठिरहेको नेपाली कांग्रेस अछामका सभापती भरत कुमार स्वाँरले बताए ।

आफु पनि यसपटक अछामबाट एकता र सहमतीको सन्देश दिने गरी एक भएर नै अघि बढ्नु पर्छ मान्यताले अघि बढेको उनको भनाई छ । सबै नेताहरुले पनि सहमती र एकतामै जोड दिएर अघि बढ्न उनले आग्रह गरेका छन् ।

सहमतीमै सबै कुरा हुदाँ मनमुटाव र तिक्तताको अन्त्य हुने र जसको प्रभाव पार्टी संगठन बलियो भएर आम निर्वाचन समेत कांग्रेस जित हासिल गर्न सहज हुनेमा सभापती स्वाँरको जोड छ ।

सहमतको उदाहरण यसअघि नै कमलबजार नगर कार्यसमितिले प्रस्तुत गरिसकेको छ । नेपाली कांग्रेस कमलबजार नगर कार्य समितीको सभापती र सचिवमा सर्बसम्मत नै नेतृत्व छनोट भएका छन् । नगरका शिर्ष नेताहरुको पहलले कार्य समिती सहमती मै चयन गर्ने बातावरण बनेको नेता यज्ञ ढकालले बताए ।

यसैबिच कांग्रेस मंगलसेन नगरकार्य समिती पनि नेतृत्व चयन गर्ने सहमती भएको छ । जिल्लाको सदरमुकाम रहेको नगरमा के कसरी अधिबेशन हुने र कस्तो नेतृत्व आउने भन्ने चाँसोको रुपमा हेरिएको छ । सबैले चाँसो गरिरहेका बेला नगरबाट प्रतिनिधित्व गर्ने शिर्ष नेताहरुले सहमतीमै अधिबेशनबाट नेतृत्व र कार्य समिती चयन गर्न एकमत भएका छन् ।

सबै क्षेत्रमा सहमती र एकताको कुरा उठिरहेका बेला मंगलसेन नगरमा पनि सहमतीमै नगर अधिबेशन सम्पन्न गर्ने सहमती भएको मतदान अधिकृत शंकर बहादुर रावलले बताए । नगर कार्य समितीका आकाक्षीहरुलाई मतदान अधिकृत शंकर रावल र नारायण प्रसाद ढुंगानाले समन्वय गरेर नेताहरुलाई एक ठाँउमा राखेपछि सहमतीको बातावरण तय भएको हो ।

कांग्रेस अछामका पूर्व पार्टी सभापती पुष्प बहादुर शाहले नगरमा सहमतीमै अधिबेशन सम्पन्न गर्नुपर्ने छलफल भएको र त्यसमा आफु पनि सहमत भएको धारणा व्यक्त गरे ।

कांग्रेस अछामका पूर्व पार्टी सभापती पुष्प बहादुर शाह, नेता मान बहादुर रावल, चन्द्र प्रसाद ढुंगाना, नम बहादुर शाही, टोप बहादुर रावल लगायतका शिर्ष नेताहरुको छलफलले एक भएर अघि बढ्ने सहमती भएको पार्टी सचवि समेत रहेका नेता शाहीले बताए ।