मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकारीता पेशामा रहदाँ समाजमा अमिट छाप बनाएका थापा कांग्रेस महाधिबेशन प्रतिनिधीमा भिड्दै

पत्रकारीता पेशामा रहदाँ समाजमा अमिट छाप बनाएका थापा कांग्रेस महाधिबेशन प्रतिनिधीमा भिड्दै


अछाम । दुई दशक बढी अछामी पत्रकारीता जगतमा क्रियाशिल भएर समाज परिर्वतन र सुशासनका पक्षमा वकालत गर्ने व्यक्तीको रुपमा परिचित युवा बिनोद थापा नव प्रवेशी कांग्रेस हुन् ।

जनस्तरमा बलियो पकड भएका युवा थापा संचार क्षेत्रमा सक्रिय रहेका बेला उनले समाज परिर्वतन र सुशासन, सामाजिक न्याय कायम गराउन खेलेको भुमिकाका कारण समुदायका हरेक नागरिकसंग उनी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा निकट छन् ।

संचार माध्यम मार्फत उनले समग्र अछामको आवाजलाई बुलन्द पारेका थिए । अछामलाई संचार माध्यबाट राष्ट्र सामु चिनाउन उनले खेलेको भुमिकाको अहिले पनि प्रशंसा हुन्छ । सकरात्मक सोच र चेतनाको धनी व्यक्ती थापा विकास र समाज परिर्वतनका लागि राजनिति भन्दा माथी उठेर जनताको जीवन परिर्वतन र सामाजिक रुपान्तरण गर्न भाषण होईन काम गर्नुपर्छ भन्ने मान्यता राख्छन् ।

उपेक्षित, उत्पिडित वर्ग र पछि परेका समुदायको पक्षमा बोल्ने थापा निजि स्वार्थ भन्दा माथि उठेर सामाजिक सेवामा काम गर्नुपर्छ भन्ने र परिणममुखी काम गर्ने उनको बिशेषता हो । केही पाउन भन्दा पनि समाजलाई केही दिन भनेर राजनितिमा लागेको भन्दै थापाले आफुलाई महाधिबेशन प्रतिनिधीमा अघि सारेका हुन् ।

सुदूरपश्चिमको विकट अछाम जिल्लामा हरेक दृष्टीकोणले पछाडी परेका बेला संचार माध्यमबाट पटक पटक घच्घचाउदै विकासमा बामे सराउने काम देखि जिल्लामा बिद्यमान रहेका छाउपडी प्रथा, छुवाछुत प्रथाको अन्त्य र खुल्ला दिशा मुक्त जिल्ला बनाउन थापाले खेलेको भुमिका स्मरण गर्न लायक काम भएको स्थानिय बताउछन् ।

उनलाई युवा वर्गको उत्साह जनक साथ छ भने उनलाई सथा दिने जमात अछामको क्षेत्र नं. २ मात्र नभई जिल्लाभरी नै उत्तिकै छ । थापालाई भाबी नेतृत्वमा समेत दखल राख्ने युवाका रुपमा समेत हेरिन थालेको छ । काम गरेर देखाउन सक्ने हैसियत राख्ने थापा योग्यता र क्षमता भएका व्यक्ती हुन् । अछाम जिल्लाबाट पत्रकारीता बिषयमा एमए गर्ने उनि पहिलो व्यक्ती हुन् ।