मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२० बर्षको उमेरमै सुत्केरी, अत्याधिक रक्तश्राव भएपछि हेलिकप्टर मार्फत उद्धार

२० बर्षको उमेरमै सुत्केरी, अत्याधिक रक्तश्राव भएपछि हेलिकप्टर मार्फत उद्धार


अछाम । अछाम जिल्लाबाट सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको बयालपाटा अस्पतालबाट साँफेबगर नगरपालिका वडा नं. १० घुघुरकोटकी २० बर्षिया सम्झना बिकको हेलिकप्टर मार्फत उद्धार गरिएको अस्पतालले जनाएको छ ।

बिकको सुत्केरी पश्चात अत्याधिक रगत बग्न थालेपछि उनलाई आकस्मिक रेफर गरिएको बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दीप पाठकले बताए ।

हिजो साँझ सुत्केरी बेथा लागेपछि बिकका परिवारले उनलाई बयालपाटा अस्पताल पुर्याएका थिए । आज बिहान उनले छोरीलाई जन्म दिएकी थिईन् । सुत्केरी पश्चात रगत बग्न नरोकिएपछि उनलाई रेफर गर्नुपर्ने अवस्था आएको डा. पाठकले बताए ।

अस्तापलमा हामीले ४ प्वाईन्ट रगत जम्मा गरेर उनलाई रगत चढायौँ उपचारमा संलग्न डा. दिल शाही रोकाले भने रगत बग्ने क्रम नरोकिएपछि रेफर गर्नुको बिकल्प रहेन् । गम्भिर अवसथा भएका कारण उनलाई तत्काल रेफर गरिएको डा. रोकाको भनाई छ ।

बिको उमेर २० बर्ष हो डा. रोकाले भने कम उमेरमै बिबाह गर्नुले पनि यस्ता प्रकारका समस्या आउने गरेको छ । कम उमेरमै बिबाह गर्ने परम्पराका कारण दुर्गममा अकालमै गर्भवती तथा सुत्केरी अवस्थामा महिलाले ज्याउन गुमाउनु परिरहेको छ ।

सम्झनालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत कोहलपुर मेडिकल कलेज लगिएको छ ।

फोटो – धर्मराज कडायत