मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पार्टीको आन्तरिक संघर्षलाई अन्यथा नलिन कांग्रेस नेता कार्यकर्ताको जोड

पार्टीको आन्तरिक संघर्षलाई अन्यथा नलिन कांग्रेस नेता कार्यकर्ताको जोड

कांग्रेस पञ्चदेवल विनायकको दोस्रो बैठक सम्पन्न


कांग्रेस पञ्चदेवल विनायकको दोस्रो बैठक सम्पन्न

अछाम । नेपाली कांग्रेस पञ्चदेवल विनायक नगर कार्यसमितिको वैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

नगर सभापति सज्जन बहादुर शाहीको अध्यक्षतामा सम्पन्न बैठकले नगरका प्रत्यक वडाहरुमा टोल कार्य समिति विस्तार गर्ने, जस अन्तर्गत प्रत्यक वडा सभापतिहरुलाई पत्राचार गरि संगठन विस्तारलाई तिब्रता दिने,पार्टीलाई आर्थिक रुपमा मजबुत गर्न वडा, टोल देखि नगर कार्यसमिति सम्म कोष निर्माण गर्ने जसमा सम्पुर्ण क्रियाशील सदस्य देखि लिएर पदाधिकारीहरुले लेबी शुल्क तिर्न निर्देशित गर्ने,नगरको पार्टी कार्यालय सञ्चालन सम्बन्धमा,प्रत्यक महिनाको अन्तिम शनिबार मासिक बैठक गर्ने समन्धमा निर्णय गरिएको नगरकार्य समितिका सचिब प्रजापती जैसीले जानकारी दिए ।

साथै आजकै बैठकबाट भर्खरै सम्पन्न भएको महाधिवेशनमा विभिन्न पद धारण गर्ने पदाधिकारीलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको छ । जस अन्र्तगत नेपाली कांगे्रस सुदूर पश्चिम प्रदेश सहमहामन्त्री अम्विका कुमारी चलाउने, अछाम क्षेत्र नम्बर २ का क्षेत्रिय कार्यसमितीका सचिब सुरत रावल, महाधिवेशन प्रतिनिधी सुरत बिष्ट, मान बहादुर शाही, प्रदेश क का प्रदेश प्रतिनिधी कुल बहादुर बुढा, लोगराज ढकाललाई नगर सभापती सज्जन बहादुर शाहीले अविर र दोसल्ल प्रदान गरि बधाई तथा शुभकामना व्यक्त गरेका हुन ।

वैठकमा छलफलको क्रममा आफ्ना धारण राख्दै सहमहामन्त्री अम्बिका चलाउनेले नगरमा पार्टी सुदृृढ तथा रुपान्त्रण गर्न प्रत्यक वडा सभापतीहरुको भुमिका महत्वपुर्ण रहेको बताईन । पार्टीमा एउटा ब्यक्ती नेता बन्न नभई समग्र पार्टीको हक हितका निम्ती तथा यस पछिको आम निर्वाचनमा पार्टीलाई सत्तामा प्रवेश गराउने क्षमता राख्ने व्यक्ती नेताको रुपमा प्रस्तुत हुन आग्रह गरिन ।

त्यस्तै पुर्व महासमिती सदस्य देवराज देवकोटाले पार्टीमा पद धारण गर्नु मात्रै ठुलो कुरा नभई आफ्नो पदीय जिम्मेवारीको कर्तव्य निर्वाह गर्नु मुख्य बिषय भएको औंल्याए । कांगे्रसका निवर्तमान वडा, पालिका तथा जिल्ला कार्यसमिती माथी प्रश्न गर्दै देवकोटाले पार्टी भित्र कुनै रचनात्मक कार्य नभएको टिप्पणी गरे ।

पालिका देखि जिल्ला कार्य समितीहरुका बैठकमा हाल सम्म पदाधिकारीको क्रोम नपुगेरै उनिहरुको कार्यकाल सकिएको उल्लेख गरे ।यसपछीको कार्यसमितीमा पनि यस्तै हुने होकी भन्ने चिन्ता व्यक्त गरे ।

१४ औं महाधिवेशन बाट महाधिवेशन प्रतिनधि बिजयी भएका सुरत बिष्टले आम कांगे्रसजनहरुले पार्टीको विधी विधान अध्ययन गर्न जरुरी रहेको बताएका छन । कांग्रेस मास र क्याटरबेस पद्धतीबाट अघि बढेको उनले उल्लेख गरे ।

यस्तै क्षेत्र नम्बर २ का पुर्व क्षेत्रिय सचिव टंक बहादुर धामीले महाधिवेशनबाट पराजयको परिणम नै आफ्ना लागी गर्वको परिणाम मिलेको उल्लेख गरे । कांगे्रस भित्रको आन्तरिक प्रतिस्पर्धामा बिपक्षी पार्टीकाले समेत आफुलाई सहयोग गरेको भन्दै उनिहरु प्रती धन्यवाद ज्ञापन गरे ।

आन्तरिक दौडमा केहि अगाडी पछाडी भएपनि यसलाई कसैले अन्यथा नलिई चारतारे झण्डा भित्र गोलबद्ध भएर आगामी राजनितीक यात्रा तय गर्न आग्रह गरे । आफ्नै विरुद्ध कोहि कसै माथी नमिठा शब्द प्रयोग भएको भए त्यसलाई निमिट्यान्न पारी एक जुट भई कोहि कसैमाथी तिक्तता नराख्न उनको भनााई छ ।

फरक प्रसंगमा बोल्दै युवा नेता धामीले सबै अग्रज नेतालाई सम्मान गर्दै आगामी आम निर्वाचनमा आफु नगर प्रमुखको प्रत्यासी रहेको समेत खुलासा गरे । सबै नेताहरुको हार्दिकता र सुभेच्छा आफु माथी रहने पनि उनले विश्वास व्यक्त गरेका छन ।

यस्तै आक्रोसित अभिव्यक्ती दिएका नेता हर्क रावलले पार्टी भित्रको आन्तरिक समस्याको गम्भिर ढंगबाट समिक्षा हुन आवश्यक रहेको बताए । नगर अभिवेशनको पराजयबाट आफु कत्ती पनि बिचल्लित नभई पार्टी सुदृृढमा आफेनो महत्वपुर्ण भुमिका रहने उल्लेख गरे ।

यस्तै महाधिवेशन प्रतिनिधी मान बहादुर शाही,क्षेत्र नम्बर २ का क्षेत्रिय सचिब सुरत रावल लगायतले अभिव्यक्ती राखेका थिए । भने वैठकको सञ्चालन कार्यसमितीका सचिव प्रजापती जैशीले गरेका हुन ।