मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यार्थीहरुका समस्या समाधानका गर्न संघले महत्त्वपूर्ण भुमिका निर्वाह गरोस् : कांग्रेस सुप सहमहामन्त्री चलाउने

विद्यार्थीहरुका समस्या समाधानका गर्न संघले महत्त्वपूर्ण भुमिका निर्वाह गरोस् : कांग्रेस सुप सहमहामन्त्री चलाउने


अछाम : जिल्लाको विनायकमा रहेको पञ्चदेवल क्याम्पसमा नेविसंघको इकाई कमिटी गठन भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थी सुशील बटालाकाे सभापतित्वमा ३१ सदस्यीय नेपाल विद्यार्थी संघक्याम्पस कार्यसमिति गठन गरिएको हाे ।

उपसभापतिमा दशरथ रावल,कल्पना तिमिल्सैना र निर्मला तिमिल्सैना सचिवमा डम्बर रावल,कल्पना देवकोटा र पुनम बिष्ट, सहसचिवमा शान्ती अधिकारी र मिना तिमिल्सैना काेषाध्यक्षमा सरस्वती थापा सहित ३१ जना सदस्य रहने गरि इकाई कमिटी सर्वसम्मत गठन भएकाे क्याम्पसका निवर्तमान सभापति बलाराम बिष्टले जानकारी दिए ।

इकाई कमिटी गठन कार्यक्रममा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सहमहामन्त्री तथा पञ्चदेवल क्याम्पसका संस्थापक स्ववियु सभापति अम्बिका कुमारी चलाउने प्रमुख अतिथि रहेकी थिईन । विद्यार्थीहरुका समस्या समाधानका निम्ति बिद्यार्थी संगठनले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने भएककाले इकाई कमिटी गठनको अावश्यकता रहेको उनले अाैल्याइन ।

अाफ्नाे राजनितीक पृष्ठभूमिनै पञ्चदेवल क्याम्पस रहेकाे र विद्यार्थी राजनिती गरेरै पार्टीको सकृय राजनितीमा रहेको स्मरण गराइन । नेविसंघ क्याम्पस इकाई कमिटीद्वारा अागामी दिनमा केही नविनतम तथा रचनात्मक कार्य गर्न पनि सहमहामन्त्री चलाउनेले सुझाव दिइन ।

जतिपनी राजनीतिक परिवर्तनहरु बिद्यार्थी राजनितीबाटै सम्भव प्राय भएकाे र अाफ्ना अहिलेका जतिपनि उपलब्धिकाे पृष्ठभूमि पञ्चदेवल क्याम्पस रहेकाे बताइन ।

इकाई कमिटी गठन कार्यक्रममा कांग्रेस प्रदेश `क´ का प्रदेश प्रतिनिधि तथा वडा नम्बर ५ लयाँटीका वडा अध्यक्ष कुल बहादुर बुढा,पञ्चदेवल क्याम्पस इकाई कमिटी सभापति बलाराम बिष्ट, नेविसंघका नेता तथा कांग्रेस पञ्चदेवल विनायक नगरकार्यसमितिका सचिव प्रजापति जैशी, नेपाल प्रेस युनियन अछामका सह सचिव दिनेश केेशी, नेविसंघका नेता केशव अधिकारी लगायत अतिथि रहेका थिए ।

सभापति बलाराम बिष्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमकाे सञ्चालन प्रेस युनियन अछामका सहसचिव दिनेश केशीले गरेका हुन ।