मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पताललाई ढकारी गाँउपालिकाको १५ लाख र कमलबजार नगरपालिकाको ५ लाख सहयोग

बयालपाटा अस्पताललाई ढकारी गाँउपालिकाको १५ लाख र कमलबजार नगरपालिकाको ५ लाख सहयोग

स्वास्थ्य बिमालाई प्राथमिक्ता दिने बिषयमा दुबै पालिका सकरात्मक


“स्वास्थ्य बिमालाई प्राथमिक्ता दिने बिषयमा दुबै पालिका सकरात्मक, ढकारीमा सामुदायिक स्वास्थ्य कार्यक्रम लागु गर्न छलफल गरिने”

अछाम । जिल्लाको पूर्वी क्षेत्रमा रहेको ढकारी गाँउपालिकाले बयालपाटा अस्पतालका लागि घोषणा गरेको अािर्थक सहयोग भुक्तानी गरेको छ । अस्पतालको व्यावस्थापन र संचालनमा सहयोग पुगोस भनेर यसअघि घोषणा गरेको रकम भुक्तानी गरिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाटले बताए ।

ढकारी गााउपालिकाको सातौँ गाँउ सभाले बयालपाटा अस्पतालका लागि १५ लाख बजेट बिनियोजित गरे बमोजिमको पहिलो चरणमा ७ लाख ५० हजार रकम भुक्तानी गरेको हो । बाँकी रहेको रकम अर्को महिना भुक्तानी गरिने अधिकृत भाटले बताए ।
उक्त रकमको चेक अस्पतालका प्रमुख डा. मन्दिप पाठकलाई हस्तान्त्ररण गर्दै पालिका अध्यक्ष धन बहादुर बुढाले अस्पताललका लागि आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

असपतालले अछामी जनताका लागि निशुल्क रुपमा गुणस्तरिय सेवा दिएको भन्दै अध्यक्ष बुढाले सेवामा कमी हुन नदिन जिल्लाका सबै पालिकाले सहयोग गर्नुपर्नेमा जोड दिए । साथै अध्यक्ष बुढाले न्याय हेल्थ नेपालले संचालन गरिरहेको सामुदायिक स्वास्थ्य कार्यक्रम सहितको एकिकृत स्वास्थ्य सेवा आफ्नो पालिकामा पनि लागु गर्नृका लागी छलफल अघि बढाउने बताए ।

आगामी आर्थिक बर्षमा सामुदायिक स्वास्थ्य कार्यक्रम सहितको स्वास्थ्य सेवा कसरी दिन सकिन्छ भन्ने बिषयमा आगामी बैठकमा छलफल गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाटले बताए । पालिकाको आर्थिक सहयोग र न्याय हेल्थ नेपालको प्राबिधिक सहयोग र व्यावस्थापनका कार्यक्रम अघि बढाउने योजनाका बारेमा बैठकमा छलफल हुने उनको भनाई छ ।

आर्थिक सहयोगका लागि पालिका अध्यक्ष तथा प्रमुखलाई धन्यवाद दिदै अस्पतालका प्रमुख डाक्टर मन्दिप पाठकले आगामी दिनमा समेत सकरात्मक साथ र सहयोगको अपेक्षा गरे । साथै उनले पालिकामा स्वास्थ्य बिमालाई समेत प्राथमिक्तामा राख्न आग्रह गरे ।

सामुदायिक स्वास्थ्य कार्यक्रमको अपनत्व लिन कमलबजार नगरपालिका सकरात्मक ।

यस्तै जिल्लाको कमलबजार नगरपालिकाले पनि बयालापाटा असपतालका लागि नगरसभामा घोषणा गरेको रकम भुक्तानी गरेको छ । नगरसभाबाट बिनियोजित ५ लाख मध्ये ३ लाख ५० हजार रकम भुक्तानी गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्टले बताए ।

५ लाख मध्ये १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री न्याय हेल्थ नेपालद्धारा नगरपालिकामा संचालित सामुदायिक स्वास्थ्य कार्यक्रमका लागि सामाग्री खरिद गरिएको र बाँकी रकम अस्पतालाई प्रदान गरिएको अधिकृृत बिष्टले बताए । नगरपालिका असपतालको सहयोगका लागि सधैँ तयार रहेको भन्दै नगर प्रमुख ओमप्रकाश बिष्टले आगामी दिनमा समेत नगर थप सहयोग समेत गर्ने बताए ।

साथै आगामी आर्थिक बर्षबाट सामुदायिक स्वास्थ्य कार्यक्रमका लागि नगरपाालिकाबाटै बजेट बिनियोजितका बिषयमा समेत छलफल भईरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्टको भनाई छ । कार्यक्रमलाई दिर्घकालिन रुपमा संचालनका लागि न्याय हेल्थको प्राबिधिक सहयोग तथा व्यावस्थापन र नगरको आर्थिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिईने उनको भनाई छ ।

सहयोगका लागि नगरपालिकालाई धन्यबाद दिदैँ अस्पतालका प्रमुख डा. पाठकले स्वास्थ्य बिमालाई नगरपालिकाका कर्मचारी र सेवाग्राही आबद्ध गराउन भुमिका खेल्न आग्रह गरेकोमा नगरपालिका यस बिषयमा सकरात्मक रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्टले बताए । आगामी बैठकमा यस बिषयलाइृ छलफलमा ल्याएर निष्कर्ष निकालिने उनले बताए ।