मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. बिकाश गौचनलाई प्रदेश निजामती सेवा पुरुस्कार

डा. बिकाश गौचनलाई प्रदेश निजामती सेवा पुरुस्कार

प्रदेशभरीमा प्रादेशिक संक्रामक तथा सरुवा रोग अस्पताल उत्कृष्ट


पोखरा । गण्डकी प्रदेश सरकारले डा. बिकास गौचनलाई प्रदेश निजामती सेवा पुरुस्कार दिने भएको छ । प्रदेश सरकारले गण्डकी प्रदेश स्थापना दिवसको अवसर पारेर डा गौचनलाई सो पुरुस्कार दिने घोषणा गरेको हो ।

प्रदेश स्थापना दिवसको अवसरमा अयाोजित एक कार्यक्रमका बिच गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरलले गण्डकी प्रदेशमा रहेको प्रादेशिक संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. गोचलाई पुरुस्कार प्रदान गरिने घोषणा गरे ।

कोभिड १९ को महामारीमा अग्रपंक्तीमा रहेर बिरामीको उपचार गर्नुका साथै प्रादेशिक संक्रामक तथा सरुवा रोग अस्पतालको व्यावस्थापनलाई समेत उत्कृष्ट बनाएको भन्दै उनलाई पुरुस्कार दिन लागिएको प्रदेश सरकारले जनाएको छ ।

बुधबार एक कार्यक्रमका बिच प्रदेश स्थापना दिवसको अवसरमा डा. गौचन सहित स्वास्थ्य क्षेत्रका ५ जना गरी जम्मा ४६ जनालाई पुरुस्कार दिईने भएको हो । चिकित्सकको रुपमा पुरुस्कार पाउने उनि एक्लो चिकित्सक हुने भने आयुर्वेद तर्फबाट एक अर्का चिकित्सकलाई पनि पुरुस्कार प्रदान गरिने भएको हो ।

यसअघि पनि डा.. गौचनलाई सुदूरश्चिमको दुर्गम अछाम जिल्लाको बयालापाटा अस्पतालमा कार्यरत रहँदा पनि सुदूरपश्चिम प्रदेश सरकारले उत्कृष्ट काम गरेको भन्दै सम्मान गरेको थियो । डा. गौचनले अछाममा रहेर एक दशक भन्दा बढी सेवा दिएका थिए ।

प्रदेशभरीमा प्रादेशिक संक्रामक तथा सरुवा रोग अस्पताल उत्कृष्ट ।

डा. गौचन कार्यरत रहेको संस्था प्रादेशिक संक्रामक तथा सरुवा रोग अस्पताल प्रदेश भरीमा उत्कृष्ट भएको छ । प्रदेश मातहतका सरकारी कार्यालयहरुमा गण्डकी प्रदेशको पोखरा कास्कीमा रहेको संक्रामक तथा सरुवा रोग अस्पताल उत्कृष्ट भएको समेत बुधबार घोषणा भएको हो ।

व्यावस्थापन र सेवा प्रदायकका रुपमा उत्कृष्ट सरकारी कार्यालय भएको भन्दै सो अस्पताललाई समेत सम्मान प्रदान गरिने भएको हो । डा. गौचन सो अस्पतालमा काम गर्न थालेको एक बर्षमै प्रदेशमा उत्कृष्ट सरकारी कार्यालय बन्न सफल भएको हो ।

आफु काम गर्न थालेको एक बर्षमै अस्पतालको व्यावस्थापन पक्ष संगै बिरामीको सफल उपचार गर्न महत्वपूर्ण भुमिका खेलेकोमा खुशी व्यक्त गर्दै डा. गौचनले अस्पतालका सेवाहरुलाई आगामी दिनमा समेत गुणस्तरिय र प्रभावकारी बनाउदै लैजाने प्रतिबबद्धता जनाए ।