मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कम्युनिष्टहरुले जनताको मतको कदर गर्न सकेनन् : सभापती शाह

कम्युनिष्टहरुले जनताको मतको कदर गर्न सकेनन् : सभापती शाह


अछाम । नेपाली कांग्रेस अछामका सभापती पुष्प बहादुर शाहले देशमा जुन प्रकारले परिर्वतन हुनुपर्ने हो त्यसो हुन नसकेकोमा दुख व्यक्त गरेका छन् । समाज परिर्वतन र विकासका लागि मुलुकमा भएका आन्दोलन तथा क्रान्तिबाट प्राप्त प्रतिफल सन्तुष्ट हुने खालको नरहेको बताए ।

जीपी कोईराला प्रतिष्ठान अछाम र नेपाल प्रेस यूनियन अछामको सयूक्त आयोजनामा ठुलासैनमा भएको होली मिलन कार्यक्रममा प्रमुख अथिति रहेका सभापती शाहले राजनितिक दलहरुले देश र समाज भन्दा बढी व्यक्तीगत स्वार्थमा बढी लागि लागेको बताए ।

सभापती शाहले पछिल्लो निर्वाचनबाट कम्युनिष्टहरुले ५ बर्षका लागि सरकार संचालन गर्ने मत प्राप्त गरेपनि उनिहरुले सरकार संचालन समेत गर्न नसकेर कांग्रेसको हातमा सरकार आएको बताए । बिगतका राजनितिक परिर्वतन हेर्दा कांग्रेसले मात्रै देश विकास र परिर्वतन गर्न सक्ने कुरा प्रमाणित भईसकेको दाबी गरे । आउने निर्वाचनमा सबै जनता कांग्रेसको पक्षमा रहेको उनको भनाई छ ।

सभापती शाहले अछाममा होलीको सुरुवात डण्डीस्वामीले होरीका देउडा लेखेको स्मरण गर्दै पुराना संस्कृतीलाई संरक्षण गर्दै जानुपर्नेमा जोड दिए । समाजमा राम्रो कुराको अनुसरण गदै बिकृतीको अन्त्यका लागि सबै सचेत वर्ग लाग्नुपर्ने बताए ।

जिपी कोईराला प्रतिष्ठान अछामका अध्यक्ष यज्ञराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अथिति नेपाली कांग्रेस अछामका उपसभापती चन्द्र प्रसाद ढुंगानाले होलीको शुभकामना व्यक्त गर्दै सबै क्षेत्रको अस्तित्व स्वीकार्नु पर्ने जोड दिए । होरीको ईतिहासको बारेमा स्मरण गर्दै सबैलाई सम्मान गर्न सक्नुपर्ने बताए । सबै क्षेत्रमा आ आफ्नो भुमिका हुने भन्दै युवा नेता ढुंगानाले यहाँ कोही ठुलो र सानो नहुने बताए ।

एक फरक प्रसंगमा बोल्दै नेता ढुंगानाले देशको आमुल परिर्वतन कांग्रेसकै पालामा मात्रै सम्भव भएको भन्दै अब आम निर्वाचनमा पार्टीलाई बलियो बनाई देशभर नै कांग्रेसको चारतारे झण्डा फहराउन तर्फ लाग्ने बताए । पार्टीको आन्तरिक चुनावमा मन मिल्नेको फरक समुह हुनु स्वभाविक भएको भन्दै उनले अब निर्वाचन सकिएपछि हामी सबै एक ठाँउमा उभिर पार्टीलाई जिताउन तर्फ सक्रिय भएर लाग्नुपर्नेमा नेता ढुंगानाको जोड छ ।

नेपाल निजामती कर्मचारी यूनियन अछामका अध्यक्ष झपट ढुंगानाले होलीलाई स्वास्थ्य अनुकल रुपमा खेल्न आग्रह गरेका छन् । सबै भन्दा पहिले कोही पनि व्यक्ती स्वस्थ्य हुनुपर्ने तब मात्रै सबैकुरा राम्रो हुने भन्दै उनले त्यहि अनुसार होली मनाउन आग्रह गरे ।

कार्यक्रममा नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य मेनुका ढुंगाना, प्रेस चौतारीका जिल्ला अध्यक्ष टेक बहादुर थापा, चौतारीका सुदूरपश्चिम कोषाध्यक्ष चन्द्र थापाले मन्तव्य राख्दै संचारक्षेत्रले पनि होरीको ईतिहास र यसको महत्वका बारेमा कलम चलाउदै आएका बताए । होरी होलीको संरक्षणका लागि पत्रकारीता तथा संचारक्षेत्रको पनि महत्व रहेको भन्दै यसका पक्षमा अछामी संचारकर्मीहरु क्रियाशिल रहेका उनिहरुले बताएका थिए ।

नेपाल प्रेस युनियन अछाम र जीपी कोईराला प्रतिष्ठान अछामले हरेक बर्ष होली मिलन कार्यक्रम गर्दै आईरहेको छ । यूनियन अछामका उपाध्यक्ष लोकराज ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव सुशिल भण्डारीले गरेका थिए ।