मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँदका सबै वडामा स्वास्थ्य चौकीका भवन बन्दै, वडा नं. ३ को भैरवस्थानमा आज सिलान्यास

तुर्माखाँदका सबै वडामा स्वास्थ्य चौकीका भवन बन्दै, वडा नं. ३ को भैरवस्थानमा आज सिलान्यास


अछाम । जिल्लाको तुर्माखाँद गाँउपालिका वडा नं. २ भैरवस्थानमा स्वास्थ्य चौकीको भवन बन्ने भएको छ । १ करोड २० लाखको लागतमा निमार्ण हुने भवनको आज सिलान्यास गरिएको हो ।

पालिकाको आफ्नै लगानीमा भैरवस्थानमा भवन निर्माण हुन लागेको अध्यक्ष पुष्पराज शर्माले बताए । तुर्माखाँद गाँउपालिकाका अध्यक्ष पुष्परान शर्माले एक कार्यक्रमका बिच भवनको शिलान्यास गरे ।

भवनको शिलान्यास गर्दै अध्यक्ष शर्माले आफुले चुनावताका घोषणा गरे अनुसार सबै वडामा सहज स्वास्थ्यका लागि भवन निर्माण गरेको बताए । आफुले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई मुख्य प्राथमिक्तामा राखरे काम गरिरहेको बताए ।

भवन शिलान्यास कार्यक्रममा गाँउपालिका उपाध्यक्ष अमृता बुढा, निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर बुढा, वडाध्यक्षहरु तथा रहफ र भैरवस्थान गाविसका तत्कालिन अध्यक्षहरु लगायतको सभागिता रहेको थियो ।

पालिकाका सबै वडामा स्वास्थ्यको मापदण्ड अनुसार स्वास्थ्य चौकीका भवन निर्माण हुने भएका छन् । यसअघि सामान्य प्रकारका भवन भएपनि २०७४ को स्थानिय तहको निर्वाचन पछि स्वास्थ्यको मापदण्ड अनुसारका भवन निर्माण भईरहेका पालिका अध्यक्ष शर्माले बताए ।

उनका अनुसार वडा नं. १, २, ७ र ८ मा भवन निर्माण भईसकेका छन् भने ४ नम्बर वडाको भवन अन्तिम चरणमा रहेको छ । ३ नम्बरमा आज शिल्लान्यास भयो भने ५ र ६ नम्बर वडाको भवन निर्माण प्रक्रिया सुरु हुने अध्यक्ष शर्माले बताए ।