मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयलापाटा अस्पतालले दिएको स्वास्थ्य सेवा प्रशंसनिय छ : डा. लोहनी

बयलापाटा अस्पतालले दिएको स्वास्थ्य सेवा प्रशंसनिय छ : डा. लोहनी


अछाम । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निर्देशक डाक्टर गुणराज लोहनीले बयालपाटा अस्पतालले दिईरहेको सेवा अतुलनिय रहेको बताएका छन् । दुर्गम क्षेत्रमा गुणस्तरिय स्वास्थ्य सेवा दिन कठिन अवस्थामा पनि बयालपाटा अस्पतालको सेवा उल्लेखनिय रहेको बताए ।

स्वास्थ्य सेवाका बिषयमा छलफल गर्न अछाम पुगेका बेला डा. लोहनीले आफु ६ बर्ष पहिले पुग्दाको अछाम र अहिले पुग्दाको अछाममा धेरै परिर्वतन भएको बताए । अहिले शिक्षा, स्वास्थ्यका साथै सड्क कालोपत्रे, बिमानस्थल सुचारु लगायतका विकासका काम भएकोमा खुशी व्यक्त गरे ।

सबै जनतालाई आधारभुत स्वास्थ्य सेवा दिनु राज्यको दायित्व हो डा. लोहनीले भने यसमा बयालपाटा असपतालले साझेदारी गरेर भएपनि राम्रो सेवा दिएको बताए । स्वास्थ्यका क्षेत्रमा समेत अछाम जिल्लामा राम्रो काम भईरहेको भन्दै डा. लोहनीले स्वास्थ्यकर्मी तथा कर्मचारीको काम प्रशंसनिय रहेको उल्लेख गरे ।

न्याय हेल्थ नेपाल बोर्डका अध्यक्ष कुन्दा दिक्षतले बयालापटा अस्पतालले जनताको स्वास्थ्य सुधारमा गरेको कामको प्रशंसा अन्तराष्टिय स्तरमा फैलिएको बताए । अस्पताल र संस्थासंग आवद्ध व्यक्तीहरुको मेहनतले सफलता मिलेको बताए ।

अस्पतालले सुदूरपश्चिममा मात्र नभई कर्णाली प्रदेश लगायतका देशका अन्य भुभागका नागरिकलाई पनि गुणस्तरिय स्वास्थ्य सेवा दिएको प्रशंसा व्यक्त गरे ।