मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मासिक ५० हजार बढी कमाई भएको स्थाई जागिर छोडेर राजनितिमा

मासिक ५० हजार बढी कमाई भएको स्थाई जागिर छोडेर राजनितिमा


२ दशक लामो शिक्षण पेशा छोडेर खुल्ला राजनितिमा होमिए पदमराज अधिकारी

अछाम । जिल्ला सदरमुकाममा रहेको अग्रणी शैक्षिक संस्था षोडशा माध्यामिक बिद्यालयमा स्थायी शिक्षकको रुपमा कार्यरत पदमराज अधिकारीले राजिनामा दिएका छन् । २०७१ सालमा शिक्षक सेवा आयोगबाट स्थायी नियूक्ती पाएका अधिकारीले शिक्षक पदबाट राजिनामा दिएका हुन् ।

नेपाली कांग्रेसको खुल्ला राजनितिमा सक्रिय हुने भन्दै उनले शिक्षक पदबाट राजिनामा दिएको सुदूरआजलाई बताए । मासिक ५० हजार भन्दा बढी तलब भएको शिक्षक पेशा त्याग्दै अधिकारीले राजनितिलाई अंगालेर अघि बढ्ने योजना बनाए ।

अप्रत्यक्ष रुपमा कांग्रेसको राजनितिमा सक्रिय रहेका अधिकारीले समाज र जनताका लागि खुलेर काम गर्ने भन्दै शिक्षक पदबाट राजिनामा दिएको बताए ।

अधिकारीको २० बर्षे लामो शिक्षण यात्रा ।

कमलबजार नगरपालिका वडा नं. ७ स्थायी घर भएका पदमराज अधिकारी २०५४ साल श्रावण १ गते कालिका माबी हिच्माबाट अस्थायी शिक्षको रुपमा शिक्षण पेशामा आबद्द भए । २०५८ माघ सम्म सो स्कलुमा अध्यापन गरेका अधिकारी ५८ कै माघमा तत्कालिन नेकपा माओवादीको सशस्त्र द्धन्द्धका कारण बिस्थापीत भए ।

हिच्मा बाट बिस्थापित भएपछि अधिकारीले अछाम जिल्लाको सदरमुकाम मंगलसेनमा केही महिना आफ्नै टयुसन कक्षा संचालन गरे भने २०५९ सालमा मंगलसेनको राधा माबी बोगटी गाँउमा उनले केही महिना अध्यापन गराए । त्यसपछि २०६१ माघ सम्म अछाम क्षेत्र नं. १ को राष्टिय माबी बाब्लमा २ बर्ष अध्यापन गराए ।

२०६१ फागुन १ गते देखि षोडशा माबीमा अध्यायन सुरु गरेका अधिकारीले २०७१ श्रावण १४ गते स्थायी नियुक्ती लिए । लगातार ८ बर्ष देखि स्थायी शिक्षकको रुपमा कार्यरत अधिकारीले नेपाली कांग्रेसको सक्रिय राजनिति गर्ने भन्दै २०७८ चैत्र १२ गते राजिनामा गरे ।

अधिकारीको राजनितिक यात्रा ।

नेपाली कांग्रेसको भातृ संस्था नेबिसंघबाट २०४८ सालमा जिल्ला सदस्यबाट राजनितिक यात्रा सुरु गरेका युवा तथा बौद्धिक नेता पदमराज अधिकारीले २०५२ देखि २०५४ सम्म नेपाल बिद्यार्थी संघ अछामको कार्यबाहक सचिव भएर काम गरे ।

अध्ययनको शिलशिलामा कञ्चनपुर रहदाँ समेत नेपाल बिद्यार्थी संघ कञ्चनपुरको सचिव भएर काम गरेका अधिकारी सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा स्ववियु सचिवको उम्मेद्धार समेत बने ।

पढाई सकेर अछाम फर्केका अधिकारीले शिक्षण पेशामा रहदैँ गर्दा २०६४ सालमा कांग्रेसको शुबेच्छुक संस्थाका रुपमा रहेको नेपाल शिक्षक संघ अछामको सहसचिव, २०६८ देखि ७१ सम्म सचिव र २०७१ देखि २०७४ सम्म अध्यक्ष भएर काम गरे ।

नेबिसंघमा रहँदा बिद्यार्थीहरुका हक हित, पढाई र संगठनका लागि आवाज बुलन्द पारेका अधिकारीले शिक्षक संघ अछाममा रहेर काम गर्दा समेत सक्रिय भएर शिक्षक, बिद्यार्थी र शैक्षिक संस्थाक बिषयमा प्रशंसनिय काम गरे । जिल्लाको शैक्षिक गुणस्तर सुधार्न, निशुल्क शिक्षा लगायतका बिषयमा वकालत गर्दै उनले जिल्लाको सम्रग शिक्षा सुधारमा उल्लेखनिय भुमिका निर्वाह गरे ।

नेपाली कांग्रेस निकट रहँदा नेपाल शिक्षक संघमा रहँदा नेपाली कांग्रेस अछामको १० औँ महाधिबेशनको निर्वाचन गराएका अधिकारी ११ औँ र १२ औँ महाधिबेशनमा आफै क्षेत्रिय प्रतिनिधी बने । कांग्रेसको १३ औँ महाधिबेशनमा अत्याधिक बहुमतका साथ अधिकारी महाधिबेशन प्रतिनिधीमा बिजयी भए ।

भरखरै सम्पन्न १४ औँ महाधिबेशन अन्र्तगतको जिल्ला अधिबेशनमा समेत महाधिबेशन हुदैँ महासमिती सदस्यमा समेत अधिकारी दोश्रो बढी मतका साथ बिजयी भए । पार्टीका तमाम नेता कार्यकर्ताको राम्रो साथ पाएका युवा नेता अधिकारीले अब शिक्षक पेशालाई बिट मार्दै राजनितिक यात्रा सुरु गरेको बताए ।

शिक्षक हुदाँ बिद्यार्थी, शैक्षिक संस्था र समग्र जिल्लाको शिक्षा क्षेत्र सुधारका लागि काम गरेको छु उनले भने अब समाज र जनताका पक्षमा काम गर्न खुल्ला राजनितिमा आएको छु । आफ्नो दोहोरो भुमिका देखिएकाले नैतिक रुपमा भएपनि शिक्षक पदबाट राजिनामा दिदैँ खुल्ला राजनितिमा होमिएको उनले बताए ।

शिक्षक पेशामा रहँदा समेत पार्टीको संगठन निर्माण र बलियो पार्टी बनाउनु भुमिका निर्वाह गर्दै आएका अधिकारीले आफु अब एक फरक उर्जाका साथ राजनितिमा होमिएको बताए ।

धेरैले आफ्नो राजनितिलाई कमलबजार नगरपालिकाको मेयरको रुपमा हरेको भन्दै उनले आफुले टिकट पाए पनि नपाए पनि अब राजनितिमै सक्रिय रहने बताए । मेलै टिकट पाएपनि अरु साथिहरुले पाएपनि अब कांग्रेस जिताउने र संगठन बलियो बनाउने पक्षमा लाग्नेछु उनले भने ।

टिकटलाई गौण रुपमा राखेको छु उनले भने मेरो पहिलो प्राथमिक्ता जनता, समाज विकास र सबैले गौरब गर्ने राजनिति गर्नु हो ।

बिद्यार्थीकालमा नेबिससंघ र शिक्षण पेशामा हुदाँ शिक्षक संघ अछामको सहसचिव देखि अध्यक्ष भएर काम गर्दा उनले बिद्यार्थी, शिक्षकका हकहित र जिल्लाको समग्र शैक्षिक गुणस्तर सुधारमा उल्लेखनिय भुमिका निर्वाह अधिकारीले आफ्नो स्थायी शिक्षण पेशा छोडेर कांग्रेसको खुल्ला राजनितिमा होमिएका छन् ।