मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस युनियनले हामीलाई खबरदारी गराेस् : अछाम काँग्रेस

प्रेस युनियनले हामीलाई खबरदारी गराेस् : अछाम काँग्रेस

"प्रेस चाैतारी छोड्दै दुई जना पत्रकार प्रेस युनियन प्रवेश'


प्रेस चाैतारी छोड्दै दुई जना पत्रकार प्रेस युनियन प्रवेश’

अछाम: नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति पुष्प बहादुर शाहले काँग्रेसका पक्षमा समाचार प्रवाहमा केहि कमजोरी अाैंल्याएका छन ।

नेपाल प्रेस युनियन जिल्ला शाखा अछामले बुधबार अायाेजना गरेकाे अासन्न स्थानीय तह लक्षित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बाेल्दै सभापति शाहले नेपाली काँग्रेसका राम्रा पक्ष लेखिदिने मिडियाको कमि रहेको पनि बताए ।

अगामी दिनमा पार्टीको तर्फबाट गर्ने सबै सहयाेग गर्न नेपाली काँग्रेस जिल्ला कार्यसमिति प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।

अागामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रेस युनियनले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु पर्ने सुझाव दिदै पार्टी संग सम्बन्धित केही कमिकमजाेरी भए जिल्ला कार्य समितिलाई खबरदारी गर्न पनि सभापति शाहले अनुरोध गरे ।

नेपाली काँग्रेसकाे शुभेच्छुक संस्था नेपाल प्रेस युनियनलाई सम्पुर्ण रुपमा सहयोग रहने नेपाली काँग्रेसका निवर्तमान सभापति भरत कुमार स्वारले बताए ।

प्रेस युनियनले अायाेजना गरेको बैठकमा विशिष्ट अतिथिको रुपमा बेल्दै उनले नेपाली काँग्रेस बाट निर्वाचित स्थानीय तहहरुमा अाफुले पटकपटक प्रेस युनियन मजबुत बनाउन सहयाेगकाे अपिल गरेको बताए ।

छलफलमा नेपाली काँग्रेसका उपसभापति चन्द्र प्रसाद ढुङ्गाना बिशिस्ट अथिति रहेका थिए । छलफलमा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य मेनुका ढुंगाना, नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्री, नेपाली काँग्रेस अछामका सह सचिव दिनेश स्वाँर, जिल्ला कार्यसमिति सदस्य जनक राज भण्डारी महासमिति सदस्य अन्जु मल्ल, नवराज चलाउने लगायतकाे सहभागीता रहेको थियाे ।

साथै प्रेस चाैतारी नेपाल अछामका साधारण सदस्य चन्द्र प्रसाद भाट, नमराज भण्डारी चौतारी त्यागेर प्रेस युनियनमा अावद्व भएका छन । दुई जना नव प्रवेशीलाई नेपाली काँग्रेस अछामका सभापति पुष्प बहादुर शाहले टीका ग्रहण सहित खादा अाेढाएर स्वागत गरेका छन ।

प्रेस युनियन अछामका सभापति टंक प्रसाद रिमालकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सरिता खड्काले स्वागत गरेकि थिइन भने सञ्चालन सुशील भण्डारीले गरेका थिए ।