मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगरबाट अछाममा टाईफाईड खोपको सुभारम्भ

साँफेबगरबाट अछाममा टाईफाईड खोपको सुभारम्भ


अछाम : देशभर संगै अछाम जिल्लामा पनि टाईफाईड खोपको सुभारम्भ भएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको साँफेबगर नरगपालिकाबाट अछाम जिल्लामा टाईफाईड खोपको सुभारम्भ गरिएको हो ।

साँफेबगरमा रहेको किन्डर ग्राडेन एकेडेमीबाट खोपको सुभारम्भ गरिएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ । नगरप्रमुख तथा नगर खोप सम्न्वय समितिका संयोजक कुल बहादुर कुवँरको अध्यक्षतामा खोप कार्यक्रम सुभारम्भ गरिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले बताए ।

सुभारम्भ कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिती प्रमुख नर बहादुर कुवर प्रमुख अथिति रहेका थिए । कार्यक्रम बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी रहेका थिए। जन स्वास्थ्य निरिक्षक लक्षमण नाथ याेगीले संचालन गरेको कार्यक्रममा जन स्वास्थ्य अधिकृत झपटराज ढुंगानाले स्वागत गरेका थिए।

टाईफाईड खोप अभियान अन्तर्गत १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप दिइनेछ ।

यो खोप नि:शुल्क, सुरक्षित र प्रभावकारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ग्लोबल भ्याक्सिन अलायन्स गाभी को सहयोगमा सरकारले देशभरका ७५ लाख बालबालिकालाई लक्षित गरी अभियान सुरु गरेको हो ।

यसअघि पनि सरकारले यो उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिए पनि अभियानका रूपमा पहिलोपटक खोप दिन लागिएको हो । यो खोप विद्यालयमै दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।