मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा पहिलो पटक ४ करोडको लगानीमा सर्मपण होटल एण्ड बार संचालनमा

अछाममा पहिलो पटक ४ करोडको लगानीमा सर्मपण होटल एण्ड बार संचालनमा


अछाम । अछाममै पहिलो पटक सुबिधा सम्पन्न होटल एण्ड बार संचालनमा आएको छ । जिल्लाको प्रमुख ब्यापारिक केन्द्र साँफेबगरको एरपोर्ट बजारमा सुबिधा सम्पन्न सर्मपण होटल एण्ड बार संचालनमा आएको हो ।

साँफेबगर नगरपालिका वडा नं. ३ का व्यावसायी हेमराज कुवँरले पहिलो पटक जिल्लामै फरक तथा आधुनिक खालको होटल संचालनमा ल्याएका हुन् । उनले धनगढी तथा काठमाण्डौँ लगायतका शहरहरुको झल्को दिन खालको सेवा सुबिधा समेटेर होटल एण्ड बार संचालनमा ल्याएका छन् ।

व्यावसायी कुवँरको आफ्नै लगानी ४ करोडमा साँफेबगर बिमानस्थलको गेटमै सर्मपण होटल एण्ड बार संचालनमा आएको हो । होटलमा ८ वटा डिलक्स तथा सामान्य कोठाहरु रहेका छन् ।

होटलमा ३० जना बढी अट्ने तालिम हल, गित संगित कार्यक्रमका लागि बार रहेका छन् । हरेक महिनाको एक पटक स्थानिय तथा राष्टिय कलाकारको उपस्थितीका कार्यक्रम संचालन गरिने होटल संचालक हेमराज कुवँरले बताए ।

आन्तरिक तथा बाह्य पर्यटक प्रबद्धनका लागि समेत टेवा पुग्ने हिसाबले आफुले ठुलो लगानीमा होटल संचालन गरेको उनले बताए । अछाम जिल्लामै सुबिधा सम्पन्न होटल कमै भएकाले आफुले फरक दिन खोजेर बैँकको ऋण निकालेर होटल सुरु गरेको उनको भनाई छ ।

होटल तथा बार सजावटका लागि काठमाण्डौँ तथा धनगढीबाट सामाग्री र फर्निचर तथा कालिगडहरु बोलाएर काम सम्पन्न गरेको उनले बताए । जिल्ला बाहिर नगएकाहरुका लागि समेत सर्मपण होटलले त्यो झल्को मेटाउने संचालक कुवँरको दाबी छ ।

अछामी परिकार सहित बिभिन्न खाना तथा नास्ताका परिकार दिने गरि तयारी भईरहेको उनको भनाई छ । होटलको बुधबार एक कार्यक्रमका बिच अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडायले उद्घाटन गरेका थिए ।