मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैशाख २९ गते राती १२ बजेपछि अछाममा सवारी साधन नचल्ने

बैशाख २९ गते राती १२ बजेपछि अछाममा सवारी साधन नचल्ने


अछाम : आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदान हुने दिन सवारी साधन चलाउन नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय अछामले पास विनाका सवारी साधन चुनावका दिन चलाउन नपाईने सुचना जारी गरेको छ ।

एक सार्वजनिक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय अछामले बैशाख २९ गते राती १२ बजे देखि ३० गते मतदान सम्पन्न नहुञ्जेल सम्म सवारी साधन चलाउन नपाईने बताएको छ । अत्यावश्यक सेवा बाहेक अन्य सार्वजनिक तथा निजि सवारी बन्द रहने जिल्ला प्रशासन कार्यायल अछामले जनाएको छ ।

एम्बुलेन्स, दमकल, खानेपानीको ट्याङ्कर, दूरसञ्चार शेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्याश्यक सेवा बाहेकका सवारी साधन बन्द रहने प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासैनीले बताएका छन् ।