मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम घटनाको सत्यतथ्य छानबिन गर्न दलहरूको माग, आरोप पुष्टी गर्न एमालेलाई कांग्रेसको चुनौती

अछाम घटनाको सत्यतथ्य छानबिन गर्न दलहरूको माग, आरोप पुष्टी गर्न एमालेलाई कांग्रेसको चुनौती

सुदूर आज

काठमाडौं। अछामको पञ्चदेवल विनायक नगरपालिका-४ मा मृत भेटिएका १६ वर्षीय विनोद शाहीको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न राजनीतिक दलहरूले माग गरेका छन्।

जिल्लास्थित प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले मंगलबार छुट्टाछुट्टै विज्ञप्ति जारी गरि घटनाको सत्यतथ्य छानबिन गरि दोषीमाथि कारबाही र पीडितलाई न्याय दिन माग गरेका हुन्।

नेकपा एमालेले शाहीको हत्या प्रहरी प्रशासनको बलमा नेपाली कांग्रेसका कार्यकर्ताहरूबाट भएको आरोप लगाएको छ भने नेपाली कांग्रेसले उक्त आरोपको खण्डन गरेको छ।

पाँच दिनदेखि हराइरहेका शाहीको शव गाउँकै भीरमा जेठ २१ गते भेटिएको थियो। न्याय माग्दै मृतकका आफन्तले लगातार विनायकमा आन्दोलन गरिरहेका छन्। शव पनि उठ्न सकेको छैन।

एमालेको विज्ञप्ति

कांग्रेसको विज्ञप्ति