मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालिकास्थानको घट्ना अक्षम्य छ : माओवादी केन्द्र अछाम

कालिकास्थानको घट्ना अक्षम्य छ : माओवादी केन्द्र अछाम

सुदूर आज

अछाम : नेकपा माओवादी केन्द्रले जेठ १७ गते राती अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ४, कालिकास्थानमा भएको घटना निकै दु:खद र अछम्य रहेको बताएको छ ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै माओवादी केन्द्र अछामले कुच्चीका स्थानीय बल बहादुर शाहीका छोरा कक्षा १० मा अध्ययनरत १६ बर्षिय विनोद शाहीको रहस्यमय तरिकाले शव भेटिनु भर्खरै सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ लगत्तै राजनैतिक पूर्वाग्रह र प्रतिसोधका कारण घटेको भन्दै खेद प्रकट गरेको छ ।

उक्त अक्षम्य घटनाको स्वतन्त्र, निस्पक्ष छानविन गरि घटनामा संलग्न दोषीलाई कडा कारवाहीको लागि जोडदार माग गर्दछौं माओवादी केन्द्र अछामका संयोजक रबिन्द्र साँउदद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ।

बिनायक क्षेत्रमा भईरहेका निर्वाचित जनप्रतिनिधीको हत्या दलका नेताको हत्या र हाल आएर भर्खरै १६ वर्षिय विद्यार्थीको हत्या जस्ता घटना जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा दोहरिनुले जनताले लडेर प्राप्त गरेको लोकतन्त्र माथि जनताको विश्वास घट्ने चिन्ता बढेको विज्ञप्तीमा भनिएको छ ।

रहस्यमय ढंगले भएको उक्त घट्नाको यथाशक्य छिटो सत्यतथ्य छानवीन गरी पीडितलाई न्याएको अनुभूती हुनेगरी, अपराधीलाई हदै सम्मको कारवाहीको लागि माओवादीले जोडदार माग गरेको छ ।