मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रकाशमानले जितेको क्षेत्रमा पूर्वडीआईजी खरेलको उम्मेदवारी घोषणा

प्रकाशमानले जितेको क्षेत्रमा पूर्वडीआईजी खरेलको उम्मेदवारी घोषणा

सुदूर आज

काठमाडौं– नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। 

नेपाल सुशासन पार्टीले खरेललाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन्। खरेल सुशासन पार्टीका अध्यक्षसमेत हुन्। 

नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंह २०७४ सालको संघीय निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए।

यसअघि सामाजिक अभियन्ता पुकार बमले क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। सरकारले आगामी कात्तिक वा मंसिरमा चुनाव गराउने तयारी गरेको छ।