मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘तथ्याङ्क विधेयक, २०७८’ प्रतिनिधिसभाबाट बहुमतले पारित

‘तथ्याङ्क विधेयक, २०७८’ प्रतिनिधिसभाबाट बहुमतले पारित

सुदूर आज

काठमाण्डौ: ‘तथ्याङ्क विधेयक, २०७८’ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रियसभाको सन्देश सहितको उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो ।

सो क्रममा गृहमन्त्री बालकृष्ण खाँणले ऐनलाई समय सान्दर्भिक बनाउन र तथ्याङ्कसम्बन्धी आवश्यकता पूरा गर्न विधेयक अघि बढाइएको जानकारी दिनुभयो । तथ्याङ्क सङ्कलन गर्नु सरकारको दायित्व रहेको र देशभरका हरेक विषयको तथ्याङ्क सङ्कलन र उपयोग गर्न पनि यसले सहयोग गर्ने उहाँको भनाइ छ ।

उहाले तथ्याङ्क विभागको कार्यालय ३३ जिल्लामा रहेको र ७७ जिल्ला हेर्नुपर्ने हुँदा सबै जिल्लामा कार्यालय विस्तार गर्ने र कर्मचारीको क्षमता अभिवृद्धि गराउन आवश्यक हुने बताउनुभयो ।

त्यसअघि बैठकमा सांसदहरुले विधेयकले तथ्याङ्कको विश्वस्तरको मान्यता, शुद्धता, गोपनीयताको विषयलाई समेत ध्यान दिनुपर्ने धारणा राखेका थिए । त्यस्तै प्रतिनिधिसभा बैठकबाट सपथ सम्बन्धी बिधेयक २०७९ पनि पारित भएको छ ।