मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गठबन्धनले घमण्ड देखायो : ओली

गठबन्धनले घमण्ड देखायो : ओली


काठमाण्डौ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता बिधेयकलाई जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको बताउनुभएको छ ।


बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले राष्ट्रपतिले नागरिकता बिधेयक संसदले एकपटक बिचार गरोस भनेर फिर्ता पठाएको भन्दै गठबन्धनले पाखुराको भाषा बोलेर जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरको र घमण्डीपन देखाएको बताउनुभयो । यस्तो भाषा बोल्ने गठबन्धनको सरकार हुनु दुर्भाग्य भएको उहाले बताउनुभयो ।

उहाले संसदीय मूल्य मान्यतालाई नमान्नेलाई जनताले सरकारमा राख्न नहुने धारणा राख्नुभयो । ओलीले गठबन्धनका सबै दलका नेताहरुको उद्देश्य जहान–परिवारको वरिपरि मात्रै घुमेको र गठबन्धनको कुनै लक्ष्य र औचित्य नै नभएको बताउनुभयो ।

अहिले आफुलाई लोकतन्त्रीक पार्टीको दावी गर्ने कांग्रेसको बिचार शुन्य रहेको र अरु दललाई साथमा नलिई अघि बढन् नसक्ने अवस्थामा पुगेको तर्क गर्नुभयो । ओलीले माओवादीले पार्टीको स्वरुप लिन नसकेको टिप्पणी गर्दै प्रचण्ड एण्ड कम्पनी मात्र भएको आरोप लगाउनुभयो । ओलीले देशमा स्थीरता ल्याउन एमालेको जीत अपरिहार्य भएको बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष ओलीले जसपाका उपाध्यक्ष हेमराज राई लगाएतका नेता तथा कार्यकर्तालाई एमाले प्रवेश गराउनुभएको थियो । ओलीले पार्टीमा आएका नेताहरुलाई अलपत्र नपार्ने र आवश्यक जिम्मेवारी दिने जानकारी दिनुभयो ।