मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहको निर्वाचनमा अन्तरघात गर्नेलाई पार्टीले कार्वाही गर्छ : प्रचण्ड

स्थानीय तहको निर्वाचनमा अन्तरघात गर्नेलाई पार्टीले कार्वाही गर्छ : प्रचण्ड

सुदूर आज

काठमाण्डौ: नेकपा (माओवादी केन्द्र)को स्थानीय निर्वाचनमा भएको अन्तरघातबारे छानबिन गर्न बनाएको समितिले प्रतिवेदन बुझाएको छ ।

सोमबार पार्टी कार्यालय पेरिसडाडामा माओवादी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई नेतृत्वको समितिले अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा निर्वाचनमा भएका अनुशासन उलंघन र अन्तरघातका प्रकृति हेरेर कारवाही गर्न सुझाव दिइएको छ । त्यस्तै प्रतिवेदनमा मधेश प्रदेशमा बढि अन्र्तघात भएको उल्लेख गरिएको छ ।

प्रतिवेदन बुझ्दै प्रचण्डले समितिले दिएको सुझावलाई पार्टीभित्र छलफल गरेर कारवाहीको प्रक्रिया अघि बढाइने बताए । उनले पार्टीलाई कमजोर बनाउनेलाई कारवाही नगर्ने हो भने कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टी जस्तो नरहने बताए ।

पार्टी निर्माण प्रक्रियालाई व्यवस्थीत गर्न दोषीलाई कारवाही गर्ने प्रक्रिया अघि नबढाएसम्म सम्भव नरहेको उनको भनाई छ । त्यस्तै छानबिन समितिका संयोजक राईंले पार्टीभित्र अन्तर्घात भएका कारण लहान, सिराहा, महोतरी, बर्दिया लगाएतका स्थानमा पराजय भोग्नु परेको जिकिर गरे ।

उनले उम्मेद्वारको चयन गर्दा केहि कमजोरी भएकाले पनि अन्तर्घात भएको हुन सक्ने धारणा राखे । राईले पार्टीप्रति प्रतिवद्ध बनाउन, पार्टीमा अनुशासित ढंगले लाग्ने बनाउने दृष्टिकोणबाट छानविनका निष्कर्ष केन्द्रीत रहेको बताए ।