मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम क्षेत्र नं २ प्रदेश सभा `ख´ का लागि कांग्रेसद्वारा १७ जनाको नाम सिफारिस 

अछाम क्षेत्र नं २ प्रदेश सभा `ख´ का लागि कांग्रेसद्वारा १७ जनाको नाम सिफारिस 


अछाम । नेपाली कांग्रेस अछाम क्षेत्र नं २ प्रदेश सभा `ख ´ को बैठक सम्पन्न भएको छ।

प्रदेश उपसभापति रामचन्द्र ढुंगानाको सभापतित्वमा भएको बुधबार बसेको बैठकले मंसिर ४ गते हुने आसन्न प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ।

प्रत्यक्ष तर्फबाट प्रदेश सभाका लागि ७ जना र समानुपातिक तर्फ १० जनाको नाम क्षेत्रिय सभापतिलाई सिफारिस गरेको छ।

प्रदेश सभाका प्रत्यक्ष तर्फबाट उम्मेदवार सिफारिस हुनेमा नेपाली काङ्ग्रेसका महासमिति सदस्य पदमराज अधिकारी ,पुर्व महासमिति सदस्य मानबहादुर रावल ,नेपाली काङ्ग्रेस अछामका सहसचिव दिनेश कुमार स्वार, नेपाली काङ्ग्रेस ढकारी गाउकार्यसमिती सभापति धनबहादुर बुढा ,काङ्ग्रेस नेता टंक साउद ,हेमराज ढुंगाना लाई सिफारिस गरेको छ।

यस्तै बैठकले प्रदेश समानुपातिक तर्फ महासमिति सदस्य अन्जु मल्ल,  भुमिशरण ढकाल बजगाइ,महाधिवेशन प्रतिनिधि पुर्णा शाह ,वसन्ती बिष्ट ,कृष्णा शाही , गौरी भण्डारी ,लक्ष्मी बोगटी ,टोपबहादुर रावल ,गोबिन्द सोप,मिलता अधिकारी, कृष्णा कुमारी बुढा ,सरिता बिकको नाम सिफारिस गरिएको प्रदेश ख का सचिव कमल बहादुर भण्डारीले जानकारी दिए।