मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अविरल बर्षाका कारण तुर्माखाँदमा २ घर पुरिए, २ जनाको शब् भेटियो ७ अझै जना बेपत्ता

अविरल बर्षाका कारण तुर्माखाँदमा २ घर पुरिए, २ जनाको शब् भेटियो ७ अझै जना बेपत्ता


अछाम । गएरातीको अबरिल बर्षाका कारण पहिरो जाँदा जिल्लाको तुर्माखाँद गाँउपालिकामा २ घर पुरिएका छन् । पालिकाको वडा नं. ५ काडाचौरमा बस्ती माथिबाट पहिरो जाँदा घर पुरिएका हुन् ।

२ घर पुरिदाँ ९ जना बेपत्ता छन् । बेपत्ता मध्ये २ जना अन्दाजी १८ बर्षिया बिमला शाही र १७ बर्षिया जानकी शाहीको शब फेला परेको स्थानिय प्रताप शाहीले सुदूरआजलाई जानकारी दिए ।

बाँकी ७ जनाको खोजी कार्य भईरहेको स्थानिय प्रताप शाहलाई उद्धृत गर्दै अछाम जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए ।

घट्नाको थप बिबरण आउन नसकेको र त्यसका लागि प्रहरी टोली त्यस तर्फ परिचालन गरिएको उनले बताए ।

अबिरल बर्षाका कारण सो क्षेत्रमा संचार सेवा समेत अबरुद्ध भएको नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ का सभापती पुष्पराज शर्माले बताए । बस्तीका अन्य घरहरु पनि उच्च जोखिममा रहेका उनले बताए ।