मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमल सङ्घर्षको गजलसंग्रह खुडी विमोचन

कमल सङ्घर्षको गजलसंग्रह खुडी विमोचन

सुदूर आज

काठमाडौं । गजलकार कमल संघर्षको नयाँ गजल सङ्ग्रह खुडी सार्वजनिक भएसंगै बिमोचन भएको छ । नेपाली गजल साहित्यका चर्चित श्रष्टा सङ्घर्षको दोश्रो गजल संग्रह खुडी शनिबार एक कार्यक्रमका बिच नेपाल प्रज्ञाप्रतिष्ठान काठमाण्डौमा बिमोचन भएको हो ।

शिखा बुक्सले प्रकाशन गरेको खुडी माथी आख्यानकार अमर न्यौपाने, गजलकार करुण थापा, गजलकार शीतल कादम्बिनी, गजल अध्येता डा. दीपक कुमार खड्काले खुडीमाथि समिक्षात्मक टिप्पणी गरेका थिए । कार्यक्रममा सङ्घर्षको गजल वाचन समेत् भएको थियो ।

प्रकाशक शिखा बुक्सका प्रमुख पुस्पराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार पूर्ण रावलले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन समालोचक भरत रोदनले गरेका थिए । खुडी अछामसहित सुदूरपश्चिम, कर्णाली प्रदेशका केही ठाउँहरूमा प्रचलित शब्द हो । जसको अर्थ पिँजडा भन्ने हुन्छ ।

संर्घषको यसअघि संर्घषको सडक गजल प्रकाशित छ । सडक गजल सङ्ग्रह रचना वाचनले २०७३ सालमा प्रकाशित गरेको हो । त्यसको ठिक ६ वर्षपछि खुडी प्रकाशन भएको हो । खुडी दोस्रो गजलकृति हो । खुडी भित्र समसामयिक परिवेशमा लेखिएका वैचारिक, राष्ट्रप्रेम, प्रेमिलका साथै केही अछामी भाषामा लेखिएका गजलहरु रहेका छन्। खुडी भित्रका गजलहरु अझै परिस्कृत भएकाले पाठकलाई खुडीले नयाँ उर्जा दिने विश्वास संघर्षले गरेका छन् ।

पछिल्लो समय अछामी भाषा, कला, साहित्य र संस्कृतिका क्षेत्रमा समेत सक्रिय उनका कैफियत २०७० (संयुक्त गजलसंग्रह), सडक २०७३ (एकल) गजलसंग्रह तथा विभिन्न पत्रपत्रिकामा विभिन्न फुटकर लेखरचना प्रकाशित छन् । सडक सर्वाधिक बिक्रि भएको गजल सङ्ग्रह हो । प्रथमपटक रचनावाचनले प्रकाशन गरेको सडकको दोस्रो र तेस्रो संस्करण शिखा बुक्सले प्रकाशन गरेको छ । सडक नेपाली गजल इतिहासमै प्रकाशकले नै लगानी गरेर तेस्रो संस्करण प्रकाशन हुने पहिलो गजल सङ्ग्रह भएको उनको दावी छ ।

गजल साधना गरेका संघर्ष सानै उमेरमा राष्ट्रिय स्तरमा राम्रो गजलकारको छवि बनाएका श्रष्टा हुन् । उनका गजलका चोटिला शब्द पढ्दा र सुन्दा वरिष्ठ गजलकारहरु पनि खुलेर बयान गर्छन् । कमल संघर्ष अन्तराष्ट्रिय नेपाली गजल प्रतियोगिता २०७१ मा प्रथम हुनुका साथै उनले जोगमाया चापागाई राष्ट्रिय पुरस्कार २०७४ पाए भने मिरमिरे सम्मान २०६९ र २०६५ सालमा अछाम जिल्लास्तरिय कविता प्रतियोगितामा द्वितीय भएका थिए ।