मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली कांग्रेस अछामले पहिरोमा परी मृत्यु भएका आफन्तलाई आर्थिक सहयोग र घाईतेको उपचारमा सहयोग गर्ने

नेपाली कांग्रेस अछामले पहिरोमा परी मृत्यु भएका आफन्तलाई आर्थिक सहयोग र घाईतेको उपचारमा सहयोग गर्ने


अछाम । नेपाली कांग्रेस अछामले जिल्लाका बिभिन्न ठाँउमा बाढी पहिरोबाट प्रभाभित क्षेत्रका जनतालाई सहयोग गर्ने भएको छ । यहि भाद्र ३१ गते राति अबिरल बर्षा पछि आएको पहिरोका कारण ज्यान गुमाएका आफन्तहरुलाइ क्रिया खर्च बाफत प्रति व्यक्ती १० हजार सहयोग गर्ने भएको हो ।

जिल्लाको तुर्माखाँद गाँउपालिका, ढकारी गाँउपालिका र कमलबजार नगरपालिकामा पहिरोबाट ज्यान गुमाएका आफन्तहरुका लागि आर्थिक सहयोग अभियान संचालन गरिएको कांग्रेस अछामका सहसचिव दिनेश कुमार स्वाँरले बताए ।

जसका लागि कांग्रेस अछामका सभापती पुष्प बहादुर शाहको संयोजकत्वमा केन्द्रिय सदस्य गोविन्द बहादुर शाह, प्रदेश महामन्त्री मेघराज खड्का, सहमहामन्त्री अम्बिका चलाउने, जिल्लाका पदाधिकारी, महासमिती सदस्य र क्षेत्रिय सभापती सदस्य रहने गरि राहत संकलन तथा सहयोग समिती गठन गरिएको हो ।

तत्काल बाढी पहिरोबाट मृत्यु भएका आफन्तलाई क्रिया खर्च बाफत १० हजार सहयोग गर्ने निर्णय भएको र आगामी दिनमा अन्य सामाग्री समेत सहयोग गरिने उनले बताए । साथै कांग्रेस अछामले बाढि पहिरोका कारण घाईते भएकाहरुको औषधी उपचारमा समेत सहयोग गर्ने पार्टी सभापती पुष्प बहादुर शाहले बताए ।

यस्तै बाढी पहिरोमा भएको धनजनको क्षतिको यथार्थ बिबरण बनाई दिर्घकालिन रुपमा बसाईका लागि नेपाल सरकार र प्रदेश सरकार लाई ज्ञापन पत्र बुझाउने समेत निर्णय भएको सभापती शाहले बताए । तपशिल बमोजिमका पार्टीका नेता, जनप्रतिनिधीले आर्थिक सहयोग गर्ने घोषणा समेत गरेका छन् ।