मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनाव लड्नबाट विचलित हुँदिन् : एमाले नेता रावल

चुनाव लड्नबाट विचलित हुँदिन् : एमाले नेता रावल

सुदूर आज

अछाम । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता डा. भीम रावलले कार्यकर्ताको माग र पार्टीले निर्णय गरे आफु चुनाव लड्न विचलित नहुने बताएका छन्। नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ समन्वय समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै रावलले आफुलाई प्रतिनिधि सभामा चुनाव लड्नका लागि एकल नाम सिफारिस गरे जसरी पार्टीले निर्णय गरे आफु चुनाव लड्न कत्ति पनि विचलित नभएको बताए ।

उनले आफुले कहिल्यै पनि टिकटका हार गुहार नगरेको र पार्टीले निर्णय गरे मुताविक नै चुनाव लड्दै आएको बताए । रावलले पदको लागि पार्टी भित्र मरिहत्ते नगर्ने पनि उल्लेख गरे । नेता रावलले भने, मैले चुनाव लड्ने निर्वाचन क्षेत्र अछाम क्षेत्र  नम्बर १ का नेता तथा कार्यकर्ताहरुले चुनाव लड्न आग्रह गरे पछि हट्ने कुरै छैन।

एक फरक प्रशंगमा बोल्दै उनले नेपालको संविधान, लोकतन्त्र र राष्ट्रिय हितको लागि आफु निरन्तर लागि रहेको बताए । अगुवा कार्यकर्ता भेलामा नेकपा एमालेमा आस्थावान नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ समन्वय समितिका संयोजक प्रकाश शाहको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलाको संचालन नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ समन्वय समितिका सचिव चक्र बहादुर रावलले गरेका थिए ।