मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन्दर अछाम बनाउने परिकल्पनालाई यथार्थतामा परिणत गर्न मेरो उम्मेद्धारी : राजन कुँवर

सुन्दर अछाम बनाउने परिकल्पनालाई यथार्थतामा परिणत गर्न मेरो उम्मेद्धारी : राजन कुँवर

मेरो उम्मेदवारी कसैलाई हराउन र कसैलई जिताउनको लागि कदापी हैन


मेरो उम्मेदवारी कसैलाई हराउन र कसैलई जिताउनको लागि कदापी हैन

अछामी युवा माझ लोकप्रिय नेताका रुपमा परिचित युवा नेता राजन कुवँरले अछाम क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्यका लागि स्वतन्त्र रुपमा उम्मेद्धारी दिएका छन् ।

स्वच्छ छवि, निडर स्वभाव, प्रष्ट वक्ता र अछामी समाजमा लोकप्रियताको छवि बनाएका युवा नेता कुवँरले स्वतन्त्र रुपमा उम्मेद्धारको मनोनयन दर्ता गराएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पुतली चुनाब चिन्ह पाएका उनले अछाम क्षेत्र नं. १ का जनता र खास गरी युवा वर्गको राम्रो साथ पाउने आँकलन गरिएको छ ।

को हुन् त राजन कुवँर ?

२०४६ सालबाट स्कुल पढ्दै गर्दा राजनिति कार्यक्रममा सहभागी भएका युवा नेता राजन कुवँरले २०४८ सालबाट सक्रिय भएर नेबिसंघबाट राजनितिक यात्रा सुरु गरे । ०४८ सालको राजनितिक परिर्वतन पछि राजनितिमा आकर्षित भएका युवा नेता कुवँरले बिद्यार्थीहरुको हक हितका लागि नेबिसंघमा आबद्ध हुदैँ सक्रिय भएर काम गरे ।

तत्कालिन नेकपा माओवादीको सशस्त्र द्धन्द्धकालमा समेत नेबिसंघको राजनितिमा सक्रिय रहेका युवा नेता कुवँर २०५९ साल देखि २०७० सम्म नेपाल बिद्यार्थी संघ अछामको सफल नेतृत्व गरे । संकट काल देखि २०६२/०६३ को जनआन्दोलनमा समेत सक्रिय सहभागीता जनाएका युवा नेता कुवँरले नेपाली कांग्रेसको १३ औँ र १४ औ महाधिबेशनमा लोकप्रिय मत ल्याएर महासमिती सदस्यमा बिजयी हासिल गरे ।

नेता कुँवरले नेपाल बिद्याथी संघको अध्यक्ष हुदाँ द्धन्द्धबाट ठाडो उठ्न नसेको जिल्लामा “जहाँ स्कुल त्यहाँ नेबिसंघ” भन्ने कार्यक्रम गरेर हरेक स्कुल कलेजहरुमा संगठन निर्माण गरे । द्धन्द्धकालमा राजतन्त्र बिरुद्ध पार्टीहरु नै सड्कमा नआएको बेला कुँवरले आफै आन्दोलनमा उत्रिएर साँफेबगर र मंगलसेनको अभियानको नेतृत्व गरे । बिद्यार्थी संगठन हुदैँ पार्टीको राजनितिमा सक्रिय भएर लागेका कुवर पार्जिटी भन्ल्लादा माथी उठेर अछामी जनता र युवाको पक्षमा सक्रिय भएर काम गरिरहेका छन् ।

सामाजिक कामका साथै जिल्लाको शिक्षा र स्वास्थ्यमा कुँवरले उल्लेखनीय काम गरेका छन् । बयालपाटा अस्पताल स्थापनामा समेत नेता कुँवरको ठुलो हात रहेको स्थानीय बताउछन ।

जिल्लाको विकास, सामाजिक न्याय र परिर्वतनका साथै जनताको मुहारमा खुशी ल्याउनु बाहेक मेरो दोश्रो उद्देश्य छैन, उम्मेदार कुवर भन्छन जसका लागि अछामका विकास निर्माण लगायतका अन्य मुद्धालाई सहजै केन्द्रिकरण गर्न मेरो पहल हुनेछ । यसकारण अछाम क्षेत्र नम्बर १ का युवा र सबै जनताले मन र मत दिएर माया गर्नु हुनेछ भन्ने बिश्वास लिएको छु ।

अहिलेको परिस्थिति र समयको मागले आफु अछाम जिल्ला क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको स्वतन्त्रत उम्मेद्वार बनेको भन्दै उनले पहिलो पटक पुतली चुनाव चिन्ह लिएर आएको बताएका छन् । अहिलेसम्म अछामका जनता युवाहरुले दिनु भएको साथ सहयोगको गुन तिर्न आफु उम्मेद्धार बनेको उनले बताए ।

राजनीतिमा भइरहेको व्याप्त नातावाद, कृपावाद, चाकडीवाज तथा हरेक क्षेत्रमा भइरहेको अनियमितता र अत्याचारको विरुद्ध ससक्त खबरदारी गर्न आफ्नो उम्मेद्धारी भएको युवा नेता कुवँरको भनाई छ । राजनीतिमा पुस्ता हस्तान्तरण र आममानिसमा राजनीति प्रतिको वितृष्णा अन्त्य गर्ने अठोटका साथ आफु अघि बढेको उनले बताएका छन् ।

मेरो उम्मेदवारी कसैलाई हराउन र कसैलई जिताउनको लागि कदापी हैन उनले भनेका छन् मैले देखेको सुन्दर अछाम बनाउने परिकल्पनालाई यथार्थतामा परिणत गर्न हो। समाज परिवर्तनका साथै अछामी जनताको ओठमा मुस्कान भर्न एवम् जनताको दुख सुखको सारथी बन्न उम्मेदवारी हो ।

चुनाव जितिसकेपछी एउटा सांसद समग्र निर्वाचन क्षेत्रको साझा जनप्रतिनिधि भन्ने कुरा म कहिले बिर्सिन्न भन्ने कुरा यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु उनले भनेका छन्।

यसअघि हरेक पटकका चुनावमा उम्मेदवारी दिएका उम्मेदवार मन परेन भनेनी मन नलागी नलागी एकलाई मत दिनुपर्ने र ५ वर्षसम्म तिनै नेतालाई गाली गर्नुपर्ने जस्तो सिन्डिकेटको अन्त्य र उहि पात्र दोहोरिरहने प्रवृतीको अन्त्य गर्न आफ्नो उम्मेदवारी भएको उनको दाबी छ।

यसअघि जितेका सबै सांसदहरुले अछामका लागि के गरे त्यो घाम जस्तै छर्लंग छ कुवँर भन्छन् मैले स्वार्थको लागि कहिले राजनीति गरिन, कसैसँग लागेर पैसा कमाउला भनेर मेरो आशा हिजो पनि थिएन, आज पनि छैन अनि भोलि पनि रहने छैन, राजनीति नितान्त समाजसेवाको रुपमा बुझेको छु। त्यही बुझाईकै आधारमा क्षेत्र नम्बर १ को जनप्रतिनिधि भएर समाजसेवामा लाग्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

आफु बृद्ध, वयस्क, बालक, महिला, पुरुष, दलित, फरक क्षमता भएका व्यक्ती, उद्योगी, व्यापारी, शिक्षक विद्यार्थी, पेशाकर्मी, कर्मचारी लगायत सबैको भावना अनुरूपको प्रतिनिधि हुने अभिलाषा बोकेर स्वतन्त्र रुपमा उम्मेद्धार बनेको भन्दै कुवँरले यस पटक एक पटक मन र मत दिएर साथ दिन अपिल गरेका छन् । आफु मन र मतको सधै उच्च कदर गर्दै मत दिएकोमा अवश्य पनि गर्व महशुस गराउने गरी काम गर्ने उनको अठोट छ ।

राजनीतिक भविष्य प्रति चिन्ता, चासो लिँदै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहानुभूति प्रकट गर्नेलाई धन्यवाद दिैदैँ कुवँरले सबैको सहयोग रहनेछ भन्ने पूर्ण विश्वास लिएको बताएका छन् । साथै उनले आफुले गर्ने कामको घोषणा पत्र समेत छिट्टै सार्वजनिक गर्ने उद्घोष गरेका छन् ।