काठमाडौँ- आज र भोलि (बुधबार र बिहीबार) बालबालिकाहरुलाई जुकाको औषधि र भिटामिन ‘ए’ क्यापसुल खुवाइने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाइनेछ। साथै १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको खौषधि खुवाइने छ। करिब २५ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको मन्त्रालयले जनाएको छ।
बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन सकिने मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया