मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश स्तरिय प्रधानमन्त्री छनोट कपमा अछाम फाईनल प्रबेश

प्रदेश स्तरिय प्रधानमन्त्री छनोट कपमा अछाम फाईनल प्रबेश


अछाम : प्रदेश स्तरिय प्रधानमन्त्री छनोट कप क्रिकेट प्रतियोगितामा अछाम फाईनल प्रबेश गरेको छ ।

सुदूरपश्चिम प्रदेश स्तरिय छनोटको कञ्चनपुरमा जारी प्रतियोगितामा अछाम कञ्चनपुरलाई पराजित गर्दै फाईनलमा प्रबेश गरेको हो ।

कञ्चनपुरलाई ५० रनको पराकिलो अन्तरले पराजित गर्दै अछाम फाईलनमा प्रबेश गरेको अछामका कोच अनिल कुवँरले बताए ।

अछामका लागि दिपक टमट्टाले ४८ रनको योगदान दिए भने नविन रावल ३ विकेट लिएका थिए । अन्तराष्टिय क्रिकेटर राजु रिजालले अछामको कप्तानी गरिरहेका छन् ।

भोली अछाम र कैलाली बिच फाईनल खेल हुने कुवँरले बताए ।

यसअघि धनगढीमा भएको सेमी फाईनल खेलमा डडेधुरालाई पराजित गर्दै कैलाली फाईलनमा प्रबेश गरेको थियो ।