मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

७० बर्ष लडेर ल्याएको संबिद्यान र लोकतन्त्र रक्षाका लागि गठबन्धन : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

७० बर्ष लडेर ल्याएको संबिद्यान र लोकतन्त्र रक्षाका लागि गठबन्धन : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ


अछाम । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको अग्रगामी परिर्वतन र संबिद्यान तथा लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गरेका छन् ।

यसपटकको चुनाव देशमा लोकतन्त्र बचाउने फैसला गर्ने चुनाव भएकाले यसलाई गभ्भिर भएर सोच्नुपर्ने बताएका छन् । अछामका बिवेकी जनताले यसपटक गठबन्धनका उम्मेद्धारलाई बिजयी गराउनेमा आफु ढुक्क रहेको नेता श्रेष्ठले बताए ।

अछामको कमलबजारमा सत्ता गठबन्धनको सयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले २०७४ सालमा नेकपा माओवादी केन्द्र र एमाले बिच तालमेल र पार्टी नै एकिकरण गरी बनेको नेकपाबाट बहुमतको सरकार बनेपनि त्यसको उन्मादले केपी ओलीले ३ बर्षमै तहसनहस पारेको बताए ।

केपी ओलीले संबिद्यान र लोकतन्त्र माथि नै खतरा हुने गरी पटक पटक संसद बिघटन गरी देशको बिरुद्ध गएका कारण यसपटक बाम लोकतान्त्रीक गठबन्धन बनेको भन्दै उनले देशको रक्षा र लोकतन्त्र बचाउनका साथै देशमा आमुल परिर्वतन र विकासका लागि गठबन्धनको ऐतिहासिक महत्व रहेको उल्लेख गरे ।

गठबन्धनको मुख्य लक्ष्य भनेको देशमा स्थिरता र विकासका साथै प्रतिगमनलाई परास्त गर्नु भएको नेता श्रेष्ठले बताए । बिदेशमा रहेका नेपाली दाजुभाईलाई स्वदेशमै अवसर दिने गरी काम गर्न अबको गठबन्धनको सरकारको लक्ष्य रहेको उनको भनाई थियो ।

यसपटकको चुनाव हरेक ५ बर्षमा हुने जस्तो चुनाव नभई ७० बर्ष लडेर ल्याएको संबिद्यान र लोकतन्त्रको लागि फेरी पनि संर्घष गर्नुपर्ने परिस्थितको अन्त्य गर्नका लागि भएको भन्दै यसका पक्षमा गम्भिर भएर उभिन उनले आग्रह गरे ।

एक अर्को प्रशंगमा बोल्दै नेता श्रेष्ठले गठबन्धनका उम्मेद्धारलाई बिजयी गराउन गम्भिर भएर लाग्न आग्रह गर्दै कमलबजार बिमानस्थल संचालन गर्न ठोस पहल कमदी गर्ने बताए । यस्तै चिसापानी, जंगलघाट तुर्माखाँद कमलबजार हुदैँ बेनिघाट हुने सडक कालोपत्रे गरिने बताए ।

यस्तै जिल्लाका पर्यटकिय गन्तव्यको विकास तथा खानेपानीको समस्या समाधान गर्न हरेकको घरमा खानेपानी र बिधुत पुर्याउने जिम्मेवारी आफुहरुले लिने उनले बताए ।