मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन समयमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस

निर्वाचन समयमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस


काठमाडौं- ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ। 

२, ४ र ५ मंसिरमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिन आयोगको प्रस्ताव गरेको हो। ३ मंसिर शनिबार पर्छ।

केही दिनअघि नै आयोगले यससम्बन्धी निर्णय गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको आयोगले जनाएको छ। बिदाबारे मन्त्रिपरिषद्बाटै निर्णय हुनुपर्ने प्रावधान रहेको छ।

नेपाल समय

गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले मतदानको दिनमात्र बिदा दिएको थियो। यसपटक आइतबार मतदान हुँदै छ। आयोगको सिफारिस कार्यान्वयन भएमा शनिबारसमेत गरी लगातार चार दिन बिदा हुनेछ। 

अधिकांश मतदानस्थल विद्यालयमा भएकाले पूर्वतयारीका लागि पनि दुई दिनअघि नै सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव आयोगले गरेको जनाएको छ। तीन दिन बिदा दिँदा मतदाता आफ्नो मतदानस्थलसम्म पुग्न र फर्कन सहज भएकाले उक्त प्रस्ताव गरिएको आयोगले जनाएको छ। 

निर्वाचन आयोगको सिफारिसअनुसार बिदासम्बन्धी निर्णय हुने गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए। निर्वाचनमा कति दिन बिदा दिनेबारे अहिलेसम्म निर्णय भइनसकेको उनले बताए।