मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवालाई रोजगारी, जनतालाई खुशी र अछामको विकासमा प्रतिबद्ध भएर लाग्नेछु : शाह (प्रतिबद्ता सहित)

युवालाई रोजगारी, जनतालाई खुशी र अछामको विकासमा प्रतिबद्ध भएर लाग्नेछु : शाह (प्रतिबद्ता सहित)

सुदूर आज

अछाम । प्रतिनिधी सभा क्षेत्र नं. २ मा सत्ता गठबन्धनका साझा उम्मेद्धार पुष्प बहादुर शाहले आफुले क्षेत्र नं. २ का युवालाई स्वरोजगार बनाउने खालका कार्यक्रम ल्याएरै छाड्ने प्रतिबद्धता गरेका छन् ।

नेपाली कांग्रेस अछामका सभापती समेत रहेका उम्मेद्धार शाहले अछामका जनताको मुहारमा खुशी ल्याउने कार्यक्रम र जिल्लामा सबै क्षेत्रको विकास ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।

उनले भनेका छन् म चुनाव जित्नका लागि झुटा आश्वासन बाँड्न चाहान्न, जति गर्न सक्छु त्यति मात्रै भन्छु भन्दै आफुले गर्ने कामलाई प्रथामिक्तामा राखेर प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।

विगतमा चुनाव जितेर गएकाहरुले जिल्लामा जनताको जनजीवीकाका सवाल र विकास निर्माणका क्षेत्रमा का मगर्न नसकेको भन्दै उनले अब आफु र गठबन्धन दलका उम्मेद्धारले चुनाव जिते आफुले वाचा गरेका काम पुरा गरेरै छाड्ने दाबी गरेका छन् ।

साथै उनले एक महिनाको अवधिमा गाउ गाउ जाँदा क्षेत्र नं. २ मा जनताको आफु प्रति अथाह समर्थन र विश्वास रहेकाले चुनाव जित्नेमा कुनै संका नरहेको बताए । उनि भन्छन् हामी सांगठनिक रुपमा पनि बलियो छौँ त्यसैमा गठबन्धन छ, मेरो जीवनको उर्जावान सक्रिय समय राजनिति मार्फत अछाम जिल्लाको समग्र विकास र समाजसेवामा खर्चेको छु यसपटक एकपटक यस क्षेत्रका जनताले मन र मत दिएर विजयी गराउनेमा म विश्वस्त छु ।

यस्ता छन् शाहका प्रतिवद्धताहरु

ड्ड जिल्लाका समाजसेवी, राजनितिकर्मी, बुद्धीजिवी, शिक्षक, बिद्यार्थी, युवा तथा सबै सरोकारवालाहरूको राय सुझाव संकलन गरेर अघि बढ्नेछु ।
ड्ड प्राप्त सुझावहरूलाई संसद्मा लगेर अछामी जनता र जिल्लाको विकासमा केन्द्रित हुनेछु ।
ड्ड जिल्ला संग सम्बन्धित नीति, कानुन निर्माणका लागि संसदमा निर्धक्क आफ्नो विचार र आफ्नो क्षेत्रका मतदाताहरूको अडान राख्ने छु ।
ड्ड सबै खाले भ्रष्टाचार नियन्त्रण गर्न यसका विरुद्ध सडकदेखि सदनसम्म सशक्त आवाज उठाउनेछु ।
ड्ड जिल्लाका प्रमुख समस्यालाई संकलन गरी विज्ञहरको राय र सुझावका आधारमा क्रमश समाधानका लागि पहल गर्नेछु ।
ड्ड अछाम क्षेत्र नं. २ का जनतालाई प्रथामक्तिामा राखेर निशुल्क गुणस्तरिय शिक्षा, स्वास्थ्य, खानेपानी, सड्क, कृषी, पर्यटन, पुर्वाधार र रोजगारी सृजना गर्न तर्फ केन्द्रित हुनेछु । जातिय छुवाछुत, छाउपडी प्रथा, सामाजिक कुरिती र कुसंस्कारको अन्त्यका लागि कार्ययोजना बनाएर अभियानका रुपमा अघि बढाउनेछु ।
ड्ड मंगलसैन जंगलघाट सड्क निर्माणको कार्यलाई पूर्णता दिन उच्च पहल सहितको खबरदारी र त्यसमा केन्द्रित भएर काम गर्नेछु ।
ड्ड हरेक पािलकामा आधारभुत अस्पताल र प्राविधिक शिक्षालय निर्माणका लागि बजेट व्यावस्था सहितको आवश्यक पहल गर्नेछु ।
ड्ड जिल्ला अस्पताल अछामको स्तर उन्नती र बिशेषज्ञ डाक्टर सहितको सेवाको थालनी गराउनेछु ।
ड्ड एचआईभी एड्स लगायतका दिर्घ तथा जटिल रोगको निवारणका लागि स्वास्थ्यका विज्ञ संग राय सल्लाह लिएर यसको समाधानका लागि कार्ययोजना बनाएर काम गर्नेछु ।
ड्ड अछामी भाषा, स्थानीय लोक संस्कृती, कला साहित्यको संरक्षण र जगेर्ना गर्ने कार्यक्रम प्राथमिकताका साथ कार्ययोजनामा राख्नेछु । साथै गित, कथा, कविता र गजलको प्रवर्द्धनका लागि आवश्यक पहल गर्नेछु ।
ड्ड मंगलसैन चित्रे सेती लोक मार्ग जोड्ने सडकको काम छिटो सुचारु, जंगलघाट तथा बेनी घाटमा पुल निर्माणका साथै मध्यपहाडी राजमार्गलाई थप व्यवस्थित बनाउन पहल गर्नेछु ।
ड्ड आवश्यक्ताका आधारमा जिल्लाका बिभिन्न ठाँउमा साना जलबिद्युत आयोजना निर्माणका लागि पहल गर्नेछु । माथिल्लो कर्णाली , वेतान कर्णाली र बुढी गंगा जलविद्युत आयोजनामा अछामी लाई रोजगारी र अछामको हितमा हुने गरि कामकारबाही अघि बढाउन सम्बन्धि पक्षको ध्यानाकर्षण गराउने र यसको काम छिटो सुरु गराउन आवश्यक पहल गर्नेछु ।
ड्ड सदरमुकाम र जिल्लाका अन्य मुख्य बजाहरुलाई व्यवस्थित बनाउन लाग्नेछु र अछामका सबै बस्तीहरुमा सहज टेलीफोन र ईन्छरनेटको व्यावस्था गराउनेछु ।
ड्ड टोट्केसाल कालेकाडा हुँदै कर्णाली करिडोर संग जोड्ने सडकको लागि आवश्यक बजेट बिनियोजनका लागि समेत नेतृत्वदायी भुमिका निर्बाह गर्नेछु ।
ड्ड कमलबजारलाई जिरो प्वाइन्ट मानेर ढकारी हुँदै बेनिघाटबाट अछामलाई मदन भण्डारी राजमार्गमा जोडना लागि बजेट बिनियोजनका लागि पहल गर्नेछु ।
ड्ड कमलबजार विमानस्थल संचालनका लागि अभियानकै रुपमा सक्रिय भएर लाग्नेछु ।
ड्ड जिल्लाका धार्मिक क्षेत्रमा पुर्वाधारको विकास, ऐतिहासिक स्थानको संरक्षण र अछाम दरबार लगायतका स्मारकको संरक्षणका साथै पर्यटन क्षेत्रमा पुर्वाधारको विकासका लागि गुरु योजना तयार अघि बढ्नेछु ।
ड्ड धार्मिक क्षेत्र बढिमालिका र पर्यटकीय क्षेत्र रामारोशन लाई समेटेर राष्ट्रिय निकुञ्ज बनाउने अभियान लाई आन्दोलनको रुपमा अघि बढाउन सहकार्य र पहल गर्नेछु । पहिलो चरणमा रामारोशन संरक्षित क्षेत्र बनाउनका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउनेछु ।
ड्ड जिल्लामा संचालित एफ एम रेडियो, पत्रपत्रिका र अनलाइन माध्यमको स्थायित्वका लागि केन्द्रबाट आवश्यक बजेट विनियोजनका लागि पहल गर्नेछु ।
ड्ड तुर्माखाँद, ढकारी र पञ्चदेवल बिनायक लगायतका यस क्षेत्रका पालिकामा सबै खाले समस्याको पहिचान गरी समाधान र रोजगारी, कृर्षी, पशुपालन तथा त्यहाँका जनताको आवश्यक्तालाई मध्यनजगर गरी अनुभुती दिलाउने गरी काम गर्नेछु ।
ड्ड प्रवासमा रहेका अछामी दाजुभाई तथा दिदिबहीनीहरुलाई स्वदेशमै रोजगारीको व्यवास्था सहिजको जीवीकोपार्जन गराउन पहल गर्नेछु ।

शिक्षा : सबैलाई अनिवार्य शिक्षा दिनु पर्ने राज्यको दायित्व हो । राज्यद्वारा नै अनिवार्य, नि:शुल्क, गुणस्तरीय, रोजगारमूलक, व्यवहारिक र सर्वसुलभ सार्वजनिक शिक्षा दिने व्यवस्था गर्न मैले पहल गर्ने छु । प्राविधिक शिक्षा प्रणालीलाई प्राथमिकतामा राख्दै दक्ष, उद्यमशील र सुसंस्कृत नागरिक उत्पादनका लागि सक्षम शिक्षा प्रणाली विकास गर्न पहल गर्नेछु । सामुदायिक विद्यालयको सुधारका लागि पूर्वाधार विकास गर्ने, शैक्षिक गुणस्तर विकासका लागि शिक्षकलाई उत्तरदायी र परिणाममुखी तुल्याउन मेरो पहल हुने छ ।

स्वास्थ्य : यस क्षेत्रका दुर्गम ठाउँमा गुणस्तरिय तथा निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि स्थानीय स्वास्थ्य संस्थाहरूलाई स्रोत साधन र दक्ष जनशक्तियुक्त बनाउन पहल गर्नेछु ।

कृषि तथा पशुपालन : कृषि प्रणालीलाई आधुनिकिकरण गरी कृषि व्यवसाय सञ्चालनका लागि पहल गर्नेछु । मुख्यत: आय–आर्जन र रोजगारमूलक कृषि उत्पादन तथा पशुपालन र खाद्यान्न उत्पादनमा जोड दिइने छ । एक गाउँ एक कृषि नमूना उत्पादनको अवधारणा ल्याउनेछु । आधुनिक कृषिको लागि आवश्यक पर्ने मल, विऊ, कीटनाशक औषधिलगायतका औजारहरू सर्वसुलभ बनाउन पहल गर्ने छु ।

पूर्वाधारको विकास: यस क्षेत्रका ग्रामीण सड्कको स्तर उन्नती गरी बर्षभरी नै संचालन गराउन सकिने गरी काम गर्नेछु । जिल्लाभरीमा सफा खानेपानी, शौचालय, सरसफाई, फोहरमैला व्यवस्थापन, स्वास्थ्य सेवा केन्द्र, शिक्षालय, खेलमैदान, यातायात, इन्टरनेटको सेवालगायतका सूचना संचार केन्द्र आदि आधारभूत संरचनाहरुको विकासमा जोड दिनेछु । कैलाशखोला लगायतका ठाँउमा हुने कटान नियन्त्रणका लागि बलियो तटबन्धन गर्न पहल गर्नेछु ।

युवा र खेलकुद: युवाहरूलाई जिल्लामै रोजगारीको सृजना गर्न तर्फ केन्द्रित हुनेछु । युवाहरुको सर्वाङ्गिण विकासको लागि प्रत्येक गाउँ/नगर र वडाहरूमा खेलकुद मैदानको व्यवस्था गरी खेलकुदको विकास र खेल मैदानहरूको स्तरोन्नती गर्न पहल गर्नेछु । समाज परिवर्तन र देश निर्माणका लागि आवश्य सक्षम युवा तयार गर्न सशक्तिकरणका कार्यक्रमहरू सञ्चालनका लागि पहल गर्नेछु ।

सामाजिक रुपान्तरण : घरेलुहिंसा तथा महिला माथि हुने हिंसामा शून्य सहनशीलताकोनीति अख्तियार गर्न पहल गर्नेछु । जातीय, साँस्कृतिक, लैंङ्गिक, वर्गीय, सामाजिक विभेदको पूर्ण रूपमा अन्त्य गर्न पहल गर्नेछु । दलित समुदायप्रतिको विभेद र छुवाछुतलाई पूर्णरूपमा नियन्त्रण गरी सामाजिक सदभाव सृजना गर्न लागिपर्ने छु । समाजमा व्याप्त वालविवाह पूर्णरुपमा नियन्त्रण गर्न पहल गर्नेछु । धुम्रपान, मध्यपान, लागू पदार्थ दुर्व्यसन जस्ता सामाजिक विकृतिको उचित व्यवस्थापन, नियमन र नियन्त्रण गर्न पहल गर्नेछु ।

पर्यटन : पर्यटन क्षेत्र आर्थिक विकासको मेरुदण्ड हो । अछाम जिल्लामा रहेका खप्तड, रामारोशन लगायतका प्राकृतिक पर्यटकिय क्षेत्रको विकास, प्रचार प्रसार, पूर्वाधार निर्माण लगायतका कार्य गर्नका लागि पहल गर्नेछु । यस क्षेत्रमा रहेका विभिन्न धार्मिक तिर्थस्थल तथा पर्यटकिय क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण तथा यी ठाउँको प्रचार प्रसारका लागि पहल गर्नेछु । साथै व्यावसायिक क्षेत्रको र होटलहरुको विकासमा सहयोग पुग्ने खालका कार्यक्रमहरु संचालन गर्न पहल गर्नेछु ।