मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिसो मौसममा मेथीको सेवन स्वास्थ्यका लागि निकै लाभदायक

चिसो मौसममा मेथीको सेवन स्वास्थ्यका लागि निकै लाभदायक

सुदूर आज

केही मसाला तथा सागमा औषधिय गुणसमेत हुन्छ। यतिबेला चिसोको मौसम छ। चिसोबाट जोगिन हामीले खानपानमा विशेष ध्यान दिनुपर्छ। औषधिय गुण भएको खाद्य सामग्रीमा मेथी पनि पर्छ। 

मेथीको साग र दाना दुवैमा औषधिय गुण हुन्छ। चिसो मौसममा मेथीको सेवन स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ। यो मौसममा पालक, मेथीलगायतको साग बजारमा पाइन्छ। जो स्वास्थ्यका लागि निकै दाभदायक हुन्छ। 

केही अध्ययनले मधुमेहलाई नियन्त्रण गर्न मेथीको सागले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। मेथीमा प्रोटीन, टोटल लिपिङ, ऊर्जा, फाइबर, क्याल्शियम, आइरन, फस्फोरस, पोटाशियम, जिंक, म्याग्नीज, भिटामिन सी, भिटामिन बी, सोडियम, कार्बोहाइड्रेडलगायतको तत्व पाइन्छ।

अध्ययनले मधुमेह रोगीका लागि लाभदायक हुने तत्त्वसमेत मेथीमा हुने जनाएको छ। मेथीको सेवनले ब्लड सुगरको मात्रा नियन्त्रणमा रहन्छ।

मेथीको सेवनले अधिक खाने बानी भए नियन्त्रण गर्छ। जसले तौल घटाउन सहयोग गर्छ। २०१५ मा भएको एक अध्ययनले कोरियाली महिलाको दुई समूह मध्ये एक समूहलाई दिउँसोको खानामा मेथी र एक समूहलाई सौंफको पानी पिउनका लागि दिइएको थियो। परिणाम अनुसार मेथीको पानी सेवन गर्ने महिलाहरूलाई पेट भरिएको महशुस हुने गरेको पाइएको र तौल नियन्त्रणमा सहयोग पुगेको अध्ययनले जनाएको छ।

टेस्टोस्टेरोन तथा शुक्रकिटको संख्या बढाउन पनि मेथीले मद्दत गर्ने अध्ययनले देखाएको छ। २०१७ मा गरिएको एक अध्ययनले ५० पुरुष र तीन महिलामा मेथीको सेवन गराएर अध्ययन गरेको थियो। निष्कर्षमा लगभग ८५ प्रतिशत मानिसमा शुक्रकिटको संख्या बढेको पाइएको थियो। मेथीले मानसिक सतर्कत र कामेच्छामा सुधार गर्छ।

मेथीको सेवनले कोलेस्ट्रोलको स्तर नियन्त्रण हुने भएकाले उच्च रक्तचापको जोखिम पनि कम गर्छ। मेथीको सेवनले मुटुसम्बन्धी बिरामीको जोखिम पनि कम हुन्छ। – अमर उजालाबाट