मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम क्षेत्र नं.१ मा ३० हजार मत ल्याएर विजय हुन्छौं : निर्वतमान सभापति स्वाँर

अछाम क्षेत्र नं.१ मा ३० हजार मत ल्याएर विजय हुन्छौं : निर्वतमान सभापति स्वाँर


अछाम : नेपाली कांग्रेसका निर्वतमान सभापति भरत कुमार स्वाँरले एमालेबाट अछाम क्षेत्र नं.१ वाट उम्मेद्वार बनेका झपट वोहरा टुरिष्ट उम्मेद्वार भएको बताएका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्वतमान सभापति स्वाँरले जिल्लामा बसेर राजनीतिक गर्नेबाहेक बाहिरबाट आउने टुरिष्टलाई जनताले भोट नदिने बताए ।

अछाम मतदाता नामावलि नभएका व्यक्तिलाई अछामप्रति कुनै चिन्ता नरहेको धारणा व्यक्त गरे । उनले चुनाबको मुखमा जिल्ला आउने अरुबेला हराउने, जनताको सुख दुः खमा भन्दा पनि चुनाव, अविधेशनमा केन्द्रित हुने नेतालाई जनताले सवक सिकाउने निवर्तमान सभापति स्वाँरको भनाई रहेको छ ।

२०५१ सालमा नेपाली कांग्रेसवाट आधिकारीक उम्मेद्वार विरुद्ध उम्मेदवारी दिएर स्वतन्त्र उम्मेद्वारी बन्दा अहिलेसम्म त्यसको असर परेको बताउदै आफूले २०५१ सालमा स्वतन्त्रको पक्षमा लागेका कारण अहिले पछुतो हुँदै आएको धारणा व्यक्त गरे ।

२०५१ सालको स्वतन्त्र उम्मेद्वारले नेपाली कांग्रेसलाई २८ वर्षसम्म ठूलो क्षेति पुगेको उनको भनाई रहेको छ । सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीको मतभार ३२ हजार रहेको बताउँदै एक/दुई हजार मत कसैले काटेपनि ३० हजार मत ल्याएर विजयी हुने दावि गरे ।

अछाम निर्वाचन क्षेत्र नं.१ मा सत्ता गठबन्धनबाट एकिकृत समाजवादीका केन्द्रिय सदस्य, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र एमालेबाट झपट वोहरा चुनावि प्रतिस्पर्धामा रहेका छन् ।