मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढुक्क भएर मतदान गर्न गृहमन्त्रीको आग्रह

ढुक्क भएर मतदान गर्न गृहमन्त्रीको आग्रह


भैरहवा- गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा शान्ति सुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन्। 

‘सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ, विभिन्न कार्ययोजना बनाएर निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाएका छौं। सबै देशवासीले आ-आफ्ना मतदान केन्द्रमा गएर ढुक्क भएर मतदान गर्नुहोला,’ गृहमन्त्री खाँणले भने, ‘अहिले पनि सुरक्षा व्यवस्था चुस्त बनाएका छौं।’

हिमाल, पहाड र तराईमा निर्वाचन क्षेत्र र जिल्लाको संवेदनशीलता हेरेर सोहीअनुसारको सुरक्षा व्यवस्था अपनाइएको उनले जानकारी दिए। 

मुलुकका चारै निर्वाचन निकायका बीचमा चुस्त समन्वय रहेको र मतदाता, उमेदवार, कर्मचारी, निर्वाचनमा खट्ने सबै व्यक्ति, मतपत्रको सुरक्षा गर्नु राज्यको कर्तव्य भएको उनले जिकिर गरे।