मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम २ प्रदेश सभा १ मा माओवादीका रावल बिजयी

अछाम २ प्रदेश सभा १ मा माओवादीका रावल बिजयी

सुदूर आज

अछाम : अछाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा ‘ १’ मा नेकपा माओवादी केन्द्रका अक्कल बहादुर रावल विजयी भएका छन् ।

अछाम क्षेत्र नम्बर २ प्रदेश सभा २  काे जम्मा खसेकाे २० हजार ७ सय २२ मत मा  लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार रहेका रावल २ हजार ७ सय ७९ मत अन्तरले एमालेका भिम बहादुर बिष्टलाई  पछि पार्दै बिजयी भएका हुन् ।

नेकपा माओवादी का प्रदेश उपाध्यक्ष समेत रहेका रावल ले ११ हजार २ सय ३१ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भिम बहादुर बिष्टले ले  ८ हजार ४ सय ५२ मत पाएका छन ।

रावल २०७४ मा पनि अछाम निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा १ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।