मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस महामन्त्री खड्कालाई तेश्रो प्रयासमा सफलता

कांग्रेस महामन्त्री खड्कालाई तेश्रो प्रयासमा सफलता


खड्का दोब्बर मतान्तरले बिजयी”

अछाम : अछाम जिल्ला निर्वाचन क्षेत्र न १ प्रदेस सभा (क) मा प्रदेश सभा सदस्यतर्फ नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्काले विजयी भएका छन् ।

प्रदेश १ अन्तर्गत साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिका का २१ वडा पर्दछन । साझा गठबन्धनका उम्मेदवार रहेका खड्का ५ हजार ८ सय ४० को मतान्तरले  विजयी भएका हुन्।  

जम्मा १९ हजार ६ सय मत गणना हुँदा सत्ता गठबन्धनका उम्मेद्वार रहेका खड्काले १२ हजार ३ सय ३७ प्राप्त गरेका छन भने  नेकपा एमालेका  देब बहादुर कुँवरले ६ हजार ४ सय ९७ मत पाएका छन ।   

सम्भावित मुख्यमन्त्री

राजनीतिमा आफ्नो छुट्टै छवि बनाउन सफल खड्कालाई भावि मुख्यमन्त्रीको रुपमा समेत हेरिएको छ। कांग्रेसको नेतृत्वमा प्रदेश सरकार निर्माण हुँदा खड्काले जितेमा उनी मुख्यमन्त्री हुने सम्भावना पनि बलियो देखिन्छ।