मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईजीपी हुन नपाएका रावल बने प्रदेश सभा सांसद

आईजीपी हुन नपाएका रावल बने प्रदेश सभा सांसद


अछाम : जिल्लाको सदरमुकाम रहेको मंगलसैन नगरपालिका वडा नं. ९ घर भएका कांग्रेस नेता मान बहादुर रावल अछाम निर्वाचन क्षेत्र न २ प्रदेस सभा (ख) बाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेद्धार रहेका कांग्रेस नेता रावलले नेकपा एमालेका नेता शिव प्रसाद उपाध्यायलाई २ हजार ५ सय ५२ को फराकिलो मतान्तरले पराजित गरे ।

जम्मा २१ हजार १ सय ३२ मतमा रावलले ११ हजार २ सय १६ प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्न्दी नेकपा एमालेका शिव प्रसाद उपाध्यायले ८ हजार ६ सय ६४ मत पाएका छन । प्रदेश ख अन्तर्गत मंगलसेन नगरपालिका र ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाका केहि वडा पर्दछन । यस क्षेत्रमा राप्रपाका दीपक विष्टले २०३ र स्वतन्त्र नृप बिष्टले १९६ मत प्राप्त गरे ।

को हुन् विजयी रावल

कांग्रेस अछामका पूर्व पार्टी सभापती भैरब सिंह रावलका छोरा रावल नेपाल प्रहरीका पूर्व एसएसपी हुन् । प्रहरी सेवाबाट अवकास पाएपछि उनी कांग्रेसको राजनितिमा सक्रिय भएका थिए ।

सुरक्षाकर्मीको पृष्ठभूमिबाट राजनितिमा आएका नेता रावलले पहिलो पटक निर्वाचनमा प्रतिष्पर्धा गरेका हुन् । आफ्ना बुवाको राजनीतिमा लामो बिरासत र आफ्नो प्रहरी सेवामा जनता र राष्टका लागि गरेका कामले उनी जनतामाझ लोकप्रिय छन्। नेता रावल २०६३ बाट नेपाली कांग्रेसको राजनितिमा सक्रिय छन् ।

उनका बुवा भैरबसिंह रावल २००७ साल देखि कांग्रेसमा आवद्ध थिए। जिन्दगीको लामो समय पार्टीमा सक्रिए भएका भैरवसिंहलाई २०३३ सालमा वीपी कोइराला नेपालमा फर्किएपछि नेपाली कांग्रेस अछामको जिम्मेवारी सुम्पिए।

०३३ सालमै कांग्रेस अछामको नेतृत्व लिएका भैरवसिंहले २०३६ सालको बहुदलको चुनावमा पनि कांग्रेस अछामको कमाण्डरको रुपमा काम गरे। उनले ०३३ साल देखि निरन्तर २०५२ साल सम्म कांग्रेस अछामको सभापति भएर काम गरे। त्यो अवधिभर भैरवसिंह रावलले कुनै पनि लाभको पद लिएनन्।

यता २०३१ मा सहायक प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका मानबहादुर २०६२ सम्म जनता र राष्ट्र सेवामा सक्रिए बनेर सेवा गरे। उनले आफ्नो प्रहरी सेवा अवधिभर उत्कृष्ट काम गरे। हरेक कार्यसम्पादनमा पहिलो हुने रावल खुल्ला प्रतिस्पर्धाबाटै प्रहरी निरीक्षक पनि भए। २०६२ सालमा प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० भएका उनले सोही पदबाट अवकास पाए।

शाही शासन कालमा उनलाई कांग्रेस नेताको छोरा भन्दै शाही शासनकाल घोषणा भएको २४ घण्टामै काठमाडौंबाट नेपालगञ्ज सरुवा गरियो। सो शासनकाल २ वर्ष सम्म चल्यो। जसको मारमा रावल परे। कार्यसम्पादनमा जहिल्यै पहिलो हुने रावललाई शाही कालको सरकारले बढुवा रोकेर उनीभन्दा तेश्रो नम्बर बरियताका रमेशचन्द्र ठकुरीलाई नेपाल प्रहरीको आईजीपी बनाएको थियो ।

दोस्रो नम्बरका रमेशचन्द्र ठकुरी पछि त तेस्रो नम्बरका रवीन्द्रप्रताव शाह पनि आइजीपी बने तर रावल भने डीआइजीसम्म पनि पुग्न सकेनन्। उनी भन्छन्,’मेरो काम प्रहरीमा कम भएको भए जहिल्यै पहिलो नम्बर आउँदैन थिए होला तर सबै क्षेत्रबाट रोक्ने प्रयास भयो। आईजीपी हुन नदिने खेल भयो, पहिलो नम्बरमा हुँदा पनि पछि पारियो। त्यसपछि कार्यअवधी पनि सकियो र अवकास पाँए।