मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका दुबै क्षेत्रमा सत्ता गठबन्धनको क्लिन स्विप

अछामका दुबै क्षेत्रमा सत्ता गठबन्धनको क्लिन स्विप


अछाम । जिल्लाका दुबै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेद्धार विजयी भएका छन् । २ वटा निर्वाचन क्षेत्र रहेको अछाममा सत्ता गठबन्धनका उम्मेद्धार विजयी भएका हुन् ।

प्रतिनिधी सभा सदस्य क्षेत्र नं. १ मा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेश उपाध्यक्ष शेर बहादुर कुवँर १९ हजार ५३४ मत तथा प्रतिनिधी सभा सदस्य क्षेत्र नं. २ मा नेपाली कांग्रेस अछामका सभापती पुष्प बहादुर शाह २२ हजार ९ सय ५४ मत सहित विजयी बने ।

कुँवरका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार झपट बोहोराले १५ हजार ४५ मत प्राप्त गरे । कुँवर र बोहोरा बीच ४ हजार ४ सय ८९ को मतान्तर छ भने यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४३९२ मत पाएका थिए । यस्तै क्षेत्र नम्बर २ मा शाहका निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञ बोगटीले १६ हजार १ सय १४ मत प्राप्त गरे । उनिहरु बिच को मतान्तर ६ हजार ८ सय ४० रहेको छ ।

एमालेका उम्मेदार बोहोरा केन्द्रीय सदस्य तथा अछाम जिल्ला ईन्चार्ज हुन् भने बोगटी केन्द्रीय सदस्य तथा अछाम जिल्ला सह ईन्चार्ज हुन् ।

प्रदेश सभा

जिल्लाका ४ वटै प्रदेश सभामा समेत सत्ता गठबन्धनका उम्मेद्धारहरु विजयी भएका छन् । क्षेत्र नं. १ प्रदेश सभा क मा कांग्रेसका सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्का र प्रदेश सभा ख मा नेकपा माओवादी केन्द्रका नेता झपट बहादुर साँउद विजयी भए ।

खड्काले एमाले नेता देब बहादुर कुवँरलाई ५ हजार ८ सय ४० को मतान्तरले पराजित गरे । खड्काले १२ हजार ३ सय ३७ प्राप्त गरेका छन भने कुँवरले ६ हजार ४ सय ९७ मत पाए । यता साँउदले एमालेकै नेता तथा पूर्व जिविस सभापती कृष्ण प्रसाद जैशीलाई ३ हजार ९६ को मतान्तरले पराजित गरे । साउदले १२ हजार ११५ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी जैशीले ९ हजार १२ मत पाए ।

क्षेत्र नं. २ प्रदेश सभा क मा नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष अक्कल रावलले ११ हजार २ सय ३१ र प्रदेश सभा ख मा कांग्रेस नेता मान बहादुर रावलले मत प्राप्त गरी विजयी भएका छन् । रावलद्धयले एमालेका नेता भिम बहादुर बिष्टलाई २ हजार ७ सय ७९ मत अन्तरले र शिव प्रसाद उपाध्यायलाई २ हजार ५ सय ५२ मत अन्तरले पराजित गरे ।

उनिहरुका निकटतम् प्रतिद्धन्द्धी बिष्टले ८ हजार ४ सय ५२ मत र उपाध्यायले ८ हजार ६ सय ६४ मत प्राप्त गरे ।