राजनिति

जनताको अभिमतको कदर गर्दै अघि बढ्नेछु – नवनिर्वाचित प्रतिनिधि सभा सदस्य शाह

अछाम । अछाम जिल्लामा लोकतान्त्रिक बाम गठबन्धनको बिजय सभा तुर्माखाद गाउँपालिका बाट सुरु भएको छ ।

बिजयी सभामा लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि अछाम क्षेत्र नम्बर २ का नव निर्वाचित प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाहले नेकपा एमालेले मत बटुल्नका लागी जनताका माझ विभिन्न भ्रम सिर्जना गरेर पनि जनता जनार्दनले उक्त भ्रमलाई चिरेर छोड्नु भएको बताए ।

चुनावताका बेला गरेका बाचा पूरा गर्ने र जनताले दिएका जिम्मेवारीको भारी गन्तब्यमा पुर्याउने बताए ।त्यस्तै उनले जंगलघाट चिसापानी सडक खण्ड ,तुर्माखाद देखि भुल रहफ जोड्ने सडक, तल्लो डुङेश्वर देखि कुनिगडा जोड्ने सडक ,आमि असारा सडक लगायतका सडक निर्माणको कामलाइ पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।

जनताको अभिमतको कदर गर्दै जनताका हरेक समस्या हरुलाइ समाधान गर्नका लागी अग्रसर हुने बताए । संविधानको रक्षा स्थिरता र विकासका लागी लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार लाई बिजयी गराउने सम्पुर्ण मतदाता हरुलाइ धन्यवाद ज्ञापन गरे ।

त्यस्तै विशिष्ट अतिथिको आसन बाट बोल्दै प्रदेश सभा (क) बाट निर्वाचित प्रदेश सभा सदस्य अक्कल बहादुर रावलले
संघियता समतामूलक विकासका लागि गठबन्धन बनेकोले सामाजिक न्यायको मुद्दामा अहिलेको लोकतान्त्रिक बाम गठबन्धन जहिले पनि अग्रपंक्तिमा हुने बताए ।

विकासका हरेक गतिविधिमा गठवन्धनको सामुहिक एजेन्डा बन्ने पनि बताए । जनताका आवश्यक कुराहरू पूरा गर्ने सन्दर्भमा कुनै पनि पुर्वाग्रह नराखी समान व्यवहारले काम गर्ने बताए ।

हिजो जनतालाई विभिन्न किसिमका आश्वासन देखाइ जनता लाई भ्रमित पारेर पबित्र रूपमा बनेको लोकतान्त्रिक बाम गठबन्ध लाइ असफल बनाउन गरेको खेल लाइ आज न्यायप्रेमी जनताले सफल बनाएको बताए ।कार्यक्रममा लोकतान्त्रिक बाम गठबन्धनका नेताकार्यकर्ताको उपस्तिथि रहेकोे थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेविसंघ अछामको कार्यवाहक अध्यक्षमा उमेश कुवँर
रवि लामिछानेको सांसद पद खारेज
सरकारले खेलकुदमा उचित लगानी गर्न सकेन : प्रदेशसभा सदस्य खड्का
प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिनुपर्ने कांग्रेसभित्र माग