मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्यमन्त्रीको चर्चामा महामन्त्री खड्का

मुख्यमन्त्रीको चर्चामा महामन्त्री खड्का


अछाम । सुदूरपश्चिमको भावी मुख्यमन्त्रीका रूपमा नेपाली काँग्रेसका सुदुरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्काको चर्चा सुरु भएको छ । अछाम क्षेत्र नम्बर १ को प्रदेश क बाट विजयी भएका खड्कालाई यसअघि नै मुख्यमन्त्रीको बलियो दाबेदारका रुपमा हेरिएको थियो ।

४ दशक देखि नेपाली कांग्रेसको राजनितिमा सक्रिय रहेका खड्काले एमालेका उम्मेदवार देब बहादुर कुवँरलाई झण्डै दोब्बर ५ हजार ८ सय ४० को मतान्तरले पराजित गरेका छन् । खड्काले १२ हजार ३ सय ३७ प्राप्त गरेका थिए भने एमालेका देब बहादुर कुँवरले ६ हजार ४ सय ९७ मत पाएका थिए ।   

नेता कार्यकर्ता माझमा लोकप्रिय खड्का प्रधानमन्त्री शेर बहादुर देउवाका समेत बिश्वास पात्रका रुपमा लिईन्छ । देउवाका स्वकिय सचिव भएर समेत काम गरेका खड्का यसपटक सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित सदस्यहरु मध्येमा सिनियर नेता समेत हुन् ।

नेपाली कांग्रेस अछामको पार्टी सभापति भईसकेका खड्का हाल कांग्रेस सुदूरपश्चिमको प्रदेश महामन्त्री हुन् । सुदूरपश्चिमको विकास, समृद्धि र रोजगारीका अवसर सृजना गर्न खड्का मुख्य मन्त्री हुनुपर्ने माग नेता कार्यकर्तामा उठ्दै आएको छ ।

सबैको साझा भावनाको प्रतिनिधित्व गर्ने र सबै दललाई मिलाएर लैजान सक्ने क्षमता भएका खड्कालाई मुख्यमन्त्रीका रूपमा हेरिएको छ । तर यस विषयमा प्रधानमन्त्रीले अहिलेसम्म आफ्नो धारणा भने सार्वजनिक गरिसकेका छैनन् । प्रदेश सरकारलाई सङ्घीय सरकारसँग जोड्न सक्ने कडिका रूपमा खड्कालाई हेरिएको छ ।

प्रदेश सभामा प्रत्यक्ष तर्फ ११ सिट जितेर नेपाली काँग्रेस सुदूर पश्चिम ठुलो दल बनेको छ । प्रत्यक्ष तर्फ थप एक सिट जित्ने आङ्कलन गरिएको छ भने समानुपातिक तर्फ ८ वटा सिट ल्याउने अनुमान गरिएको छ ।

सुदूरपश्चिममा सरकार निर्माणका लागि २७ प्रदेश सभा सदस्य आवश्यक पर्छन् । सुदूरपश्चिम प्रदेश सभामा गठबन्धनको बहुमत भएको र नेपाली काँग्रेस सबैभन्दा ठुलो दल भएकोले काँग्रेसको नेतृत्वमा सुदूर पश्चिम प्रदेश सरकार गठन हुनु पर्ने नेपाली काँग्रेसका नेताहरूको जिकिर छ ।

को हुन् खड्का, यस्तो छ राजनीतिक इतिहास