मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज विश्व एड्स दिवस मनाईँदै

आज विश्व एड्स दिवस मनाईँदै

सुदूर आज

काठमाडौँ– बिहीबार विश्व एड्स दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाईंदै छ। सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउने गरिएको छ।

एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन यो अभियान सुरु गरिएको हो।

चिकित्सकहरूका अनुसार एचआइभी संक्रमित व्यक्ति एड्सको अवस्थामा पुग्न करिब दशौँ वर्ष लाग्छ। समयमै पहिचान भएर उपचार भए एड्सको अवस्था नआउने चिकित्सकहरू बताउँछन्।