मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक वर्षमा २ अर्ब २९ करोड खर्च, तर एड्सका कारण ५१० जनाको मृत्यु, ६८० एचआईभी संक्रमित थपिए

एक वर्षमा २ अर्ब २९ करोड खर्च, तर एड्सका कारण ५१० जनाको मृत्यु, ६८० एचआईभी संक्रमित थपिए

८ हजार संक्रमित कहाँ छन्, बजेट कहाँ खर्च हुन्छ?


८ हजार संक्रमित कहाँ छन्, बजेट कहाँ खर्च हुन्छ?

काठमाडौं– गत वर्ष मात्र राष्ट्रिय एचआईभी कार्यक्रमका लागि नेपालमा २ अर्व भन्दा बढी खर्च भएको पाइएको छ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार सन् २०२१ मा मात्रै नेपालमा एक करोड ७५ लाख अमेरिकी डलर अर्थात २ अर्ब २९ करोड ३७ लाख ६९ हजार ७५० नेपाली रुपैयाँ राष्ट्रिय एचआईभी कार्यक्रमका लागि खर्च भएको छ।

जसमा २४ प्रतिशत नेपाल सरकारले लगानी गरेको थियो। अर्थात ५५ करोड ५ लाख ४ हजार ५०० नेपाली रुपैयाँ नेपाल सरकारले राष्ट्रिय एचआईभी कार्यक्रमका लागि खर्च गरेको छ। बाँकी रकम भने दातृ निकायले उपलब्ध गराएका हुन्। 

एड्स अन्त्यका लागि एचआईभी कार्यक्रममा अर्बौ रकम खर्च भएपनि गत वर्ष मात्र ५१० जना एचआईभी संक्रमितको एड्सका कारण मृत्यु भएको पाइएको छ।

केन्द्रले सार्वजनिक गरेको एक तथ्यांकका अनुसार  सन् २०२१ मा मात्रै ५१० जना व्यक्तिको एड्सको कारण मृत्यु भएको अनुमान गरिएको छ। नेपालमा सन् २०२१ को अन्त्यसम्ममा ३० हजार व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान गरिएको छ।

नेपालमा हरेक दिन २ जना मानिस एचआईभी संक्रमित हुने गरेको केन्द्रले जनाएको छ। सन् २०२१ म मात्रै ६८० जना व्यक्तिमा एचआईभीको नयाँ संक्रमण भएको अनुमान गरिएको छ।

सन् २०२१ मा ४५ जना जन्मेदेखि १४ वर्षसम्मका बालबालिका एचआईभी संक्रमित रहेको केन्द्रको अनुमान छ।  

केन्द्रका अनुसार सन् २०२१ को अन्त्यसम्म नेपालमा २१ हजार ७२३ जना संक्रमितले एन्टीरेट्रोभाइरल (एआरभी) उपचार लिइरहेका छन्। केन्द्रकै अनुसार नेपालभर ३० हजार संक्रमित रहेको अनुमान गरिएको छ। यस आधारमा हेर्दा अझै ८ हजार २ सय ७७ जना संक्रमित कहाँ छन् भन्ने विषयमा केन्द्र नै बेखबर छ। उनीहरुको खोजी र उपचारमा खर्च गर्नुपर्ने केन्द्रले वार्षिक सवा दुई अर्ब रकम कहाँ कसरी केमा खर्च गरिरहेको छ भन्ने विषयमा पनि प्रश्न उठ्न थालेको छ।

अनुमानित कुल एचआईभी संक्रमित मध्ये ७२ प्रतिशतले मात्र एआरभी उपचार लिइरहेको केन्द्रको तथ्यांक छ। यो तथ्यांक अनुसार नेपालमा २८ प्रतिशत एचआईभी संक्रमित अझै उपचारको पहुँच बाहिर रहेका छन्। 

नेपालमा सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यलाई हासिल गर्न ९५ः९५ः९५ अर्थात ९५ प्रतिशत एचआईभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, ती मध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुच हुने र ती औषधि खानेहरु मध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार अर्थात भाइरल लोड न्यून भएको हुने र एचआईभीको जाँच र उपचारको रणनीतिमा आधारित भएर एचआईभी तथा एड्स सम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको केन्द्रले जनाएको छ।

नेपालको वर्तमान एचआईभीको अवस्थालाई केन्द्रीकृत महामारीको रुपमा लिइने गरेको केन्द्रले जनाएको छ।

यसको अर्थ एक वा सो भन्दा बढी एचआईभी सर्नसक्ने जोखिममा रहेका समूहमा एचआईभी संक्रमण दर ५ प्रतिशत भन्दा बढी छ। यस्तै सामान्य जनसंख्या वा पूर्व प्रसूति सेवा लिएका गर्भवती महिलाहरुमा एचआईभी संक्रमण दर १ प्रतिशत भन्दा कम हुनु हो। 

केन्द्रका अनुसार एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समूहहरु सुईद्धारा लागूपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिगीं तथा तेस्रोलिगींहरु र रोजगारीका बिदेशिनेहरु छन्।  यी मध्ये सुईद्धारा लागूपदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिंगी यौनकर्मीहरुमा संक्रमदर अरु जोखिम समूहभन्दा उच्च छ।

सन् २०२० मा भएको राष्ट्रिय सर्भेक्षण अनुसार नेपालमा सूईद्धारा लागू पदार्थ प्रयोग गर्नेहरुमा ३ प्रतिशतका दरले एचआईभी संक्रमण रहेको पाइएको छ।

सरकारले हाल ६१ जिल्लाका ८४ एआरटी सेन्टरबाट एन्टीरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध गराएको छ। – स्वास्थ्यखबर