खेलकुद

साँफेबगरमा पालिका स्तरिय भलिबल प्रतियोगिता हुदैँ, प्रथम पूरुस्कार २ लाख १ सय ११

अछाम । जिल्लाको मुख्य व्यापारिक केन्द्र साँफेबगरमा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । यहि माघ २४ गतेदेखि हुन गईरहेको पाँचौँ साँफेबगर महोत्सवको अवसर पारी परुष भलिबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

प्रतियोगितामा अछाम जिल्लाका दशवटै पालिकाले सहभागिता जनाउन सक्नेछन् भने उनिहरुले आफ्नो टिममा ३ जना राष्टिय खेलाडी जिल्ला बाहिरको भएपनि समाबेश गर्न पाउने आयोजकले जनाएको छ ।

माघ २४ गते साँझ ५ बजे भित्र टिम दर्ता गराईसक्नुपर्ने र टिम दर्ता शुल्क ८ हजार १ सय ११ रहेको आयोजकका भलिबल संयोजक चेतमान बिक्रम शाहले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमले २ लाख १ सय ११, द्धितिय हुने टिमले १ लाख १ सय ११, तृतिय हुने टिमले ५० हजार १ सय ११ र सान्तवना पुरुस्कार १० हजार १ सय ११ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक शाहले बताए ।

स्थानिय उत्पादन, कला, संस्कृती तथा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ साँफेबगरमा माघ २४ गते देखि पाँचौँ साँफेबगर २०७९ संचालन हुदैँछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२० मिनेटको व्यायामले गराउँछ यी रोगबाट मुक्ति
बयालापाटा अस्पताललाई दिर्घकालिन रुपमा सञ्चालन गर्न सबै क्षेत्रबाट सहयोगको खाँचो छ : डा. भिम रावल
संगठन गतिशील बनाउन सुदूरपश्चिममा कांग्रेसको विशेष अभियान
काँग्रेस क्रियाशील अभियानका लागी सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटिए (नामावली)