मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१२ संकल्प, जसले तपाईंको यो वर्ष सार्थक बनाउनेछन्

१२ संकल्प, जसले तपाईंको यो वर्ष सार्थक बनाउनेछन्


जीवन एउटा खुला क्यानभास जस्तै हो । यसमा तपाईं कति कुशलतापूर्वक ब्रस चलाउनुहुन्छ रु कसरी रंगहरुको संयोजन गर्नुहुन्छ रु सोही अनुरुप जीवनको रुपरेखा तयार हुन्छ । भनिन्छ नि, हामी जीवनभर एउटै प्रश्न लिएर बाँच्छौ, ‘कसरी बाँच्ने ?’

कसरी बाँँच्ने भन्दाभन्दै जीवनको आखिरी चरणमा पुग्छौं । आदिमकालदेखि मान्छेले ‘बाँच्ने कला’को खोजी र अभ्यास गरे । त्यो क्रम आज पनि जारी छ । यसको अर्थ, मान्छेले भनेजसरी बाँच्न जानेको छैन ।

निरर्थक श्रम, अनावश्यक चिन्तन, व्यर्थको दौडधुपमा हाम्रो धेरै समय क्षय भइरहेको हुन्छ । अन्तत: यही क्रममा हामी मृत्युको सामुन्ने पुग्छौं । त्यसबेला हामी जीवनलाई पछाडि फर्किएर त हेर्छौं, तर सुधार गर्ने मौका पाउँदैनौं । किनभने जुनी फगत एकबारको हो ।

त्यसो भए जीवनलाई कसरी सार्थक बनाउने त रु कसरी जीवनलाई सुन्दर बनाउने रु कसरी जीवनलाई उपलब्धिमूलक बनाउने रु केही प्रण गरौं ।

१। राति १० बजेभित्र सुत्छु, सूर्योदयसँगै उठ्छु

बिहान उठ्नका लागि अलार्म बजाउनुपर्ने अवस्था छ हाम्रो । राति कति बेला सुत्ने ठेगान हुन्न । बिहान घाम छिप्पिसक्दा पनि निद्रा पुग्दैन । अनि अल्छी गर्दै उठ्छौं र सुस्त–सुस्त दिनचर्यामा प्रवेश गर्छौं ।

चाँडै उठ्नुका अनेक लाभ छन् । त्यसले शरीर फूर्तिलो हुने मात्र होइन, दिनभरका लागि समय पनि पर्याप्त मिल्छ । यस्तो समय हामीले फेरि प्राप्त गर्न सक्दैनांै । त्यसैले राति चाँडै सुत्ने गरौं । ९(१० बजेभित्र सुतेपछि बिहान ५ बजेभित्र निद्रा खुल्छ ।

२। दिनमा एक घण्टा आफ्नो लागि दिन्छु

बिहान उठेपछि हामी परिवार, बालबच्चा, आफन्तजन, काम, कमाइको बारेमा सोच्न थाल्छौं । अनि आफैंलाई बिर्सन्छौं ।

हामी दिनमा लगभग १६ घण्टा सक्रिय हुन्छौं । त्यस अवधिमा कम्तीमा एक घण्टा आफ्नो लागि छुट्याउन सकिन्छ । यो समय योग, ध्यान, व्यायाम गरेर आफूलाई तन्दुरुस्त र आनन्दित बनाउन सकिन्छ ।

३। दश मिनेट नितान्त व्यक्तिगत समय बिताउनेछु

दिनभरमा १० मिनेट यस्तो समय बिताऔं, जुन नितान्त आफ्नो होस् । यो समयमा हामी आफैंसँग मन्थन गरौं । म को हुँ, के गर्दैछु, किन गर्दैछु भन्ने सोचौं । आफ्नो अस्तित्व बोध गरौं ।

४। आनन्दित र उत्साहित हुने काम गर्छु

आनन्दित र उत्साहित हुने कुनै एक कामबाट दिनको थालनी गर्नेछु भन्ने प्रण गर्नुस् । हरेक दिन एक यस्तो काम गर्ने योजना बनाउनुहोस्, जसले तपाईंलाई खुसी बनाउँछ । तपाईलाई केही कुनै खेल खेल्न मन पर्छ वा हेर्न मन पर्छ भने त्यसको लागि पनि केही समय छुट्याउनुहोस् । जुन काम गर्दा तपाईंलाई राम्रो लाग्छ, त्यस्ता कामले तपाईंलाई खुसी दिन्छ । त्यो खुसी दिने कामलाई आफ्नो दैनिक सूचीमा समावेश गरौं ।

५। दैनिकी लेख्छु

यो वर्ष म दैनिकी लेख्नेछु भन्ने संकल्प गर्नुहोस् । हामीले स्कुले जीवनमा दैनिकी लेख्न त सिक्यौ तर त्यसलाई निरन्तरता भने दिएनौं । दैनिकी लेख्ने बानीले आफैंलाई समीक्षा गर्न सहयोग गर्नेछ । यसले तपाईंलाई आजभन्दा भोलि अझ राम्रो काम गर्ने प्रेरणा मिल्नेछ ।

६। आफ्नो काम आफैं गर्छु

आफ्नो काम सम्भव भएसम्म आफैं गर्नेछु । आफ्नो कारण अरूलाई कष्ट दिनेछैन । तपाईंले आफ्नो काम आफैं गर्नु भएन भने त्यसको कारण अर्को व्यक्तिलाई ठूलो भार हुन्छ । तर घरको सानो सानो काम जस्तै आफूले खाएको थाल आफैं माझ्ने, आफ्नो कोठा आफैं मिलाउने लगायत काम आफैं गर्नुभयो भने अर्को व्यक्तिको कामको भार घट्छ ।

७। प्राथमिकताको आधारमा काम गर्छु

हामी वर्षभरि यो गर्छौं त्यो गर्छौं भनेर सोच्छौं । तर धेरै पटक हामीले सोचेअनुसार त्यो काम पूरा हुँदैन । यसको मुख्य कारण आफ्नो कामको योजना बनाउन नसक्नु हो । त्यसैले वर्षभरि के गर्ने रु कुन कामलाई बढी प्राथमिकता दिने रु समय छुट्याउनुपर्छ । कामको प्राथमिकतालाई छुट्टाएर सूची बनाउनुपर्छ र त्यो सूचीअनुसार काम गरियो भने महत्त्वपूर्ण काम बिर्सिंदैन र समयको पनि बचत हुन्छ ।

८। अनावश्यक साथीभाइ र भेटघाट काँटछाँट गर्छु

अनावश्यक साथीभाइ र भेटघाट काँटछाँट गर्छु, समयको प्रबन्धन राम्ररी गर्नेछु भनेर पनि योजना बनाउनुस् । यसले हाम्रो अनावश्यक कुराकानी, भेटघाट, खानपानलाई कटौती गर्नेछ र सो समय अरु सार्थक काममा लगाइनेछ ।

९। हप्तामा एकपटक उपवास बस्नेछु

हप्तामा एकपटक उपवास बसौं । यसले स्वास्थ्यलाई फाइदा गर्छ, भान्साको व्ययभार घटाउँछ, धर्तीका लागि आशिंक भएपनि अन्नपात बचत हुन्छ, चराचर जगतलाई भलो हुन्छ ।

१०। पशुपंक्षीलाई जानीजानी कुनै दु:ख दिनेछैन

अहिले हामी धेरै आफूकेन्द्रित छौं । पृथ्वीमा मैले नै राज गर्नुपर्छ, अन्य पशुपंक्षी नभए पनि यो संसार चल्छ भन्ने सोच्छौं । तर यो पृथ्वी सबै प्राणीको साझा घर हो । जसको प्रत्येक कणमा जीवनको सृष्टि रचिएको हुन्छ । पशुपंक्षीहरु पनि यसै धर्तीका सृष्टि हुन् र उनीहरूलाई पनि यस संसारमा मानिसलाई जति नै सहज रूपमा बाँच्न पाउने अधिकार छ । त्यसैले पशुपंक्षीलाई माया गरौं ।

११। फजुल खर्च कटौती गर्छु

फजुल खर्च कटौती गर्नेछु, धेरै तडकभडक वा भड्किलो शैली कटौती गर्नेछु भनेर पनि संकल्प गरौं । जीवनलाई समृद्ध बनाउने यो एउटा तरिका हो ।

१२। पैदल हिंड्नमा जोड दिन्छु

छोटो दूरीको यात्रा गर्नुछ भने सकेसम्म पैदल हिंडौं । यसले स्वास्थ्य तगडा हुन्छ, खल्तीको बोझ हल्का हुन्छ, अनावश्यक इन्धनको खपत कम हुन्छ र पर्यावरणलाई पनि फाइदा हुन्छ ।

(विभिन्न प्रेरक वक्ताको सुझावलाई आधार बनाएर तयार पारिएको)