मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेविसंघको ५४ औँ स्थापना दिवस : बयालपाटा अस्पतालमा रक्तदान तथा बिरामीलाई फलफुल बितरण

नेविसंघको ५४ औँ स्थापना दिवस : बयालपाटा अस्पतालमा रक्तदान तथा बिरामीलाई फलफुल बितरण


अछाम । नेपाल बिद्यार्थी संघ अछामले बयालपाटा अस्पतालमा रक्तदान तथा अस्पतालमा भर्ना भएका बिरामीलाई फलफुल बितरण गरेको छ । संघको ५४ औँ स्थापना दिवसको अवसरमा रुक्तदान तथा अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको हो ।

अस्पतालको अन्तरंग बिभाग तथा आकस्मिक बिभागमा भर्ना भएका ५० जना बढी बिरामीलाई फलफुल बितरण गरिएको अध्यक्ष उमेश कुँवरले बताए । बिरामीहरुको स्वास्थ्य लाभको कामना सहित उनिहरुलाई फलफुल बितरण गरिएको उनले बताए ।

रक्तदान कार्यक्रममा बिभिन्न रक्त समुहको ७ प्वाईण्ट रगत संकलन भएको छ । यसले बिरामीहरुलाई ठुलो राहत हुने बयालपाटा अस्पतालले जनाएको छ ।

फलफुल वितरण पछि भएको कार्यक्रममा बोल्दै कांग्रेस अछामका पूर्व सभापति एवं महासमिती सदस्य भरत कुमार स्वाँरले नेविसंघमा दुईधार हुनु दुखद भएको बताए । आफुले पटक पटक प्रयास गर्दा पनि सफल हुन नसकेको भन्दै नेता स्वाँरले अब छिट्टै बसेर यसको निकास खोज्नुपर्ने बताए ।

देशका अरु जिल्लामा समेत नेविसंघमा बिभाजन देखिएको र त्यसको असर अछाममा पनि परेको बताए । तर सबै कांग्रेसमै आवद्ध भएका कारण उनिहरुले गरेको राम्रो तथा सामाजिक कार्यको प्रशंसा गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष उमेश कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस सुदुरपश्चिम प्रदेश सदस्य भक्त ठकुल्लाले मानव सेवाका लागि नेविसंघका भाईबहिनीहरु सक्रिय हुनेपर्ने बताए ।

प्रदेश सदस्य ठकुल्लाले उमेश कुवँरको नेतृत्वमा बिभिन्न सामाजिक तथा मानव सेवाका कामको जति प्रशंसा गरेपाि कम हुने बताए । कोरोनाकालमा बिरामीलाई सहयोग देखि रक्तदान कार्यक्रमा कुवँरको भुमिका सक्रिय रहेको उनले बताए । तर संगठनका हिसावले नेविसंघका कार्यक्रम एकेपटक र एउटै हुनुपर्ने बताए । अहिले देखिएको नेविसंघको समस्या समाधानका लागि आफुले पहल गर्ने उनले बताए ।

नेविसंघ कांग्रेस पार्टीको जग भएको भन्दै कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्य रुपा आउजीले जिल्लामा पार्टीलाई कम्जोर बजाउने गरी नेविसंघ २ कित्तामा उभिनु दखिद भएको बताईन् । नेविसंघ अछाममा देखिएको समस्या लागि पार्टी जिल्ला, प्रदेश र केन्द्रका नेताहरु बसेर समाधान गर्न समेत उनले आग्रह गरिन् ।

कार्यक्रममा महासमिती सदस्य अर्जुन ताम्रकार, दलित संघका जिल्ला अध्यक्ष टक्कर ताम्राकारले नेविसंघले जहिल्यै सकरात्मक काम गर्दै आईरहेको भन्दै आगामी दिनमा समेत यस्तै कार्यमा अग्रसर हुन आग्रह गरेका थिए ।

जिल्ला समन्वय समिती अछामका प्रमुख ललित कुवँर लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन दल बहादुर साँउदले गरेका थिए ।