मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कम्युनिष्ट पार्टीको ७५औं स्थापना दिवस आज

नेपालमा कम्युनिष्ट पार्टीको ७५औं स्थापना दिवस आज


काठमाडौं । आज नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५औँ स्थापना दिवस मनाइँदैछ । कम्युनिष्ट पार्टीहरूले विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउँदैछन् ।

नेपालमा कम्युनिष्ट आन्दोलनको संगठनात्मक सुरूआत भएको दिनको स्मरणमा आज विभिन्न कार्यक्रम मनाइन्छ ।

जहानियाँ राणा शासनकै समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । पुष्पलाल पार्टीका महासचिव बनेका थिए ।

स्थापनाको सात दशकको इतिहासमा पटक(पटक कम्युनिस्टले नेपालमा शासनसत्ता चलाएका छन् । २०४६ को जनआन्दोलनपछि कम्युनिस्ट आन्दोलनले गति पाएको थियो ।

श्रृंखलावद्ध टुटफुट र सत्ताकेन्द्रित राजनीतिले नेपालमा कम्युनिष्ट आन्दोलन धरापमा परेको टिप्पणी हुँदै आएको छ ।

नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एसलगायतका कम्युनिष्ट पार्टीहरूले कार्यक्रमको आयोजना गरेका छन् ।