मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा एस र नेकपा विप्लवद्वारा बयालपाटा अस्पतालका बिरामीलाई फलफुल वितरण

नेकपा एस र नेकपा विप्लवद्वारा बयालपाटा अस्पतालका बिरामीलाई फलफुल वितरण

राजनितिक दलहरुले सामाजिक कार्यमा योग्दान गरे मात्र समाजवादको लक्ष्य पुरा हुनेछ : केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज कुँवर


अछाम : नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी बिप्लवले बयालपाटा अस्पतालका बिरामीलाई फलफुल वितरण गरेका छन् ।

आज नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५औँ स्थापना दिवसको अवसरमा अस्पतालमा भर्ना भएका बिरामीलाई फलफुल वितरण गरिएको नेकपा एसका केन्द्रीय सदस्य तथा अछाम जिल्ला ईञ्चार्ज कुल बहादुर कुवँरले बताए ।

फलफलु वितरण कार्यक्रममा बोल्दै नेकपा एसका केन्द्रीय सदस्य तथा अछाम जिल्ला ईञ्चार्ज कुल बहादुर कुवँरले राजनितिक दलहरुले सामाजिक कार्यमा योग्दान गरे मात्र समाजवादको लक्ष्य पुरा हुने बताए ।

राजनितिक गफ भन्दा काम गरेर व्यावहारमै सामाजिक क्षेत्रमा क्रियाशिल भएर जनताका पक्षमा काम गरे मात्र सच्चा कम्युनिष्ट हुने बताए । जनताका जनजिवीकाका सवाल, आर्थिक उत्तनी र समाज परिर्वतनमा क्रियाशिल भए मात्रै कम्युनिष्ट पार्टीले लिएको लक्ष्य पुरा हुने बताए ।

साँफेबगर नगरपालिकाका पूर्व मेयर समेत रहेका नेता कुवँरले एक अर्को प्रसंगमा बोल्दै बयालपाटा अस्पताललाई दिर्घकालिन रुपमा सञ्चालनका लागि आवश्यक बजेट लगायतका बिषयमा पहल गरे मात्रै जनताले नेताहरुलाई बिश्वास गर्ने बताए । केहि कुरा निशुल्क पाइने ठाउँ हो भने त्यो बयालपाटा अस्पताल हो नेता कुवँरले भने, यो पनि गुमेपछि नेताले के गरे भन्ने प्रश्न जनताले गर्नेछन् ।

बयालपाटा अस्पताल देशकै नमुना अस्पताल हो नेता कुवँरले भने यसलाई हामीले जोगाउन सकेनौँ भने हामीले राजनिति नगरे हुन्छ । बयालपाटा अस्पतालमा कुने पनि कुरा अभाव हुन नदिन आफु बिगत देखि नै लड्दै आएको भन्दै नेता कुवँरले आगामी दिनमा समेत क्रियाशिल हुने प्रण गरे ।

फलफुल वितरण कार्यक्रममा साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिब बहादुर कुवँर, नेकपा बिप्लवका नेता निरक शाही, नेकपा एसका नेता बिर्मला बुढथापा, नगर अध्यक्ष मुकेश सुनार, सचिव पृथ्वी कुवँर लगायतको सहभागीता रहेको थियो ।

जन्मदिनको अवसरमा बिरामीलाई जुस वितरण ।

यसैबिच समाजसेवी, व्यावसायिक तथा नेकपा एसका नेता पृथ्वी कुवँरले जन्म दिनको अवसर पारेर बिरामीलाई जुस वितरण गरेका छन् ।

किन्डर गार्डेन बोर्डिगं स्कुल साँफेबगरका सञ्चालक समेत रहेका कुवँरले आफ्नो ३६ औँ जन्म दिनको अवसरमा बयालपाटा अस्पतालमा भर्ना भएका बिरामीलाई जुस बितरण गरका हुन् ।

देशैभर आज कम्युनिष्ट पार्टीहरूले ७५औँ स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउँदैछन् । नेपालमा कम्युनिष्ट आन्दोलनको संगठनात्मक सुरूआत भएको दिनको स्मरणमा आज विभिन्न कार्यक्रम मनाइन्छ ।

जहानियाँ राणा शासनकै समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । पुष्पलाल पार्टीका महासचिव बनेका थिए ।

स्थापनाको सात दशकको इतिहासमा पटकपटक कम्युनिस्टले नेपालमा शासनसत्ता चलाएका छन् । २०४६ को जनआन्दोलनपछि कम्युनिस्ट आन्दोलनले गति पाएको थियो ।